१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पश्चिमको कौरा पूर्वमा पुर्याउँदै गायक गुरुङ

काठमाडौँ – कौरा गीत गाउनमा माहिर मानिने लोक गायक गणेश गुरुङ फेरि पनि कौरा गीतको कोशेली लिएर उपस्थित भएका छन् । 

सुनको औंठी बैना मारौकी  भन्ने बोलको गीत मार्फत उनी पुनः कौरा गीत गाउँदै बजारमा आएका छन् । गीत मार्फत विशेष गरेर पूर्व र पश्चिम संस्कृतिलाई जोड्ने प्रयास गरेको बताउँछन् गायक गुरुङ । उनी भन्छन् , ‘गीतको हरेक टुक्काहरूमा पश्चिमको संस्कृतिलाई पूर्वमा परिचित बनाउन खोजिएको छ । विशेष गरी पूर्वको धरान वरिपरी बस्ने गुरुङ, राई, लिम्बुहरूलाई पश्चिमको गीत र संस्कृतिको परिचय गराउन खोजिएको छ ।’

विशेष गरेर पश्चिमेली गुरुङ र मगर समुदायमा लोकप्रिय मानिने कौरा तथा सालैजो आजभोली पूर्वका गुरूङ, मगर समुदायमा पनि लोकप्रिय  बन्दै गएको छ। 

प्रकाशित: ७ जेष्ठ २०७४ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App