८ वैशाख २०८१ शनिबार
विचार

अविरल धमिलो बग्छ त्रिशूली

 

नेपालमा साना/ठूला गरी करिब ६००० नदीनाला बग्ने गरेका छन्। जसको लम्बाइ झण्डै ४५००० किलोमिटर हुन आउँछ। नेपालका नदी उत्तरी हिम शृंखलाबाट सुरु भएर गंगा नदी बेसिनमा समाहित हुने गरेका छन्। देशभित्रका चारवटा ठूला नदी प्रणाली (कोशी, नारायणी, कर्णाली, महाकाली ) नदी बेसिन भनेर मानिएका छन्। यी नदी बेसिन हिमालय पर्वतहरूबाट सुरु भएर महाभारत शृंखला हँुदै गंगा नदीमा मिसिने र अन्तिममा गएर हिन्द महासागरमा विलय हुने गर्छन्। नेपालका नदी प्रणालीले गंगा बेसिनको झण्डै ७० प्रतिशतभन्दा बढी पानीको हिस्सा योगदान गर्ने गर्छन्।

त्रिशूलीका धेरै ठाउँमा बालुवा निकाल्ने, चाल्ने तथा फिरफिरेहरूले माटो धुने कार्य निरन्तर गरिरहेका छन्। यसबाट आउने माटो सिधै मिसाइने गर्नाले त्रिशूली सधैँ बर्खायामको नदीझैँ धमिलो हुने गरेको छ। 

नेपालको मध्यभागमा नारायणी नदी बेसिन छ र यसको पानीको प्रमुख हिस्सा त्रिशूली नदी प्रणालीले ओगटेको छ। त्रिशूली नदी हिन्दुहरूका आराध्यदेव भगवान शिवजीको त्रिशूलबाट नामाकरण भएको किवंदन्ती पाइन्छ। त्रिशूली नदी चीनको स्वशासित क्षेत्र तिब्बतको किरोंग साग्ंपो क्षेत्रको हिमालबाट उत्पत्ति हँुदै रसुवा क्षेत्रबाट नेपाल प्रवेश गरी नुवाकोट, धादिङ हँुदै चितवनको देवघाट पुगेर नारायणी नदीमा मिसिएर अन्त्यमा भारतको गंगा बेसिनमा मिसिन्छ। त्रिशूली नदीमा विभिन्न साना खोलाल्ागायत धादिङको बेनीघाट पुग्दा बूढीगण्डकी र मुग्लिन पुगेर मर्स्याङ्गदी नदी मिसिएका छन्। यो नदी धादिङ र चितवन जिल्लामा पृथ्वी राजमार्ग सँगसँगै बगिरहेको छ। अन्तर्राष्ट्रिय महत्वको त्रिशूली नदी नारायणी बेसिनको पानीमा योगदान गर्ने प्रमुख नदी प्रणाली हो। नारायणी नदी आयुसिएन विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राकृतिक वनस्पतिहरू तथा विश्वकै दुर्लभ एक सिगें गंैडालगायतका जनावरलाई पानीलगायतका जल पर्यावरणीय सेवा प्रदान गर्दै बग्ने भएकाले यस नदीको वातावरणीय सन्तुलनमा समेत महत्वपूर्ण भूमिका छ।

नेपालको सन्दर्भमा ७५ प्रतिशतभन्दा बढी वर्षा मनसुनको समयमा हुने गरेको तथ्यांक छ। यो समयावधि जुनदेखि सेप्टेम्बर महिनासम्मको पर्छ। नेपालमा मनसुनको समयमा मात्र बढी पानी पर्ने, भिरालोपन भएको भू–बनोट, अग्ला पहाड, कमलो चट्टानले बनेको भौगोलिक अवस्था, गहिरो र साँघुरो नदी प्रणाली जस्ता कारणले गर्दा नेपालमा प्राकृतिकरूपमा पनि भूक्षय तथा भूस्खलनको समस्या हुने र जसबाट बर्सेनि हजारौं जनता विपत्तिमा पर्ने अनि जनधनको अपुरणीय क्षति भोग्नुुपर्ने अवस्था विद्यमान छ। नेपालबाट बर्सेनि करीव २२४०० करोड घ.मि. पानी बग्ने गरेको देखिन्छ र नेपाल जलस्रोतको दोस्रो धनी देश पनि मानिन्छ। वर्षातको समयमा धमिलो माटो बोकेर बग्ने भएकाले देशका अधिकांश नदीनाला धमिलो नै देखिन्छन्। खासगरी पहाडी क्षेत्रमा भइरहेको अव्यवस्थित बसोबास, भिरालो जमिनमा समेत जथाभावी गरिएका जग्गा प्लटिङ, वातावरणीय अध्ययनबिनै डोजरले खनिएका ग्रामीण सडक, वन विनाश, वन डढेलो, अव्यवस्थित चरिचरन प्रणाली, अवैज्ञानिक कृषिप्रणाली तथा एकीकृत भूउपयोग नीतिको अभाव जस्ता कैयन् कारणले सतही माटो बगेर खोलानालामा मिसिँदै बगिरहेको छ। यसका अतिरिक्त २०७२ सालको भूकम्प र त्यसपछिका मनसुनी वर्षातहरूका कारण ग्ाएका पहिरोले बगिरहेको माटो पनि विभिन्न खोला हुँदै नदीमा बगिरहेको छ। कतिपय माटोविज्ञका अनुसार पृथ्वीमा रहेका पहाडको ढुंगामाटोको निश्चित आयु हुने त्यसपछि आफैँ कुहिएर, छुट्टिएर पानी  तथा हावा जस्ता माध्यमले स्वतः बगाएर लैजाने तथ्यसमेत प्रस्तुत गर्ने गरेका छन्। यी विभिन्न कारणले नदीनाला धमिलो माटो बोकेर बग्न वाध्य छन् जसबाट बर्सेनि करिब ५६ टन प्रतिहेक्टरका दरले माटो बगेर बंगालको खाडीमा पुग्ने गरेको तथ्य नब्बेको दशकमा नै प्रकाशित भइसकेका छन्। यद्यपि उक्त माटो बग्ने क्रम नियन्त्रण भने हुन नसकेको अवस्था छ।

पृथ्वी राजमार्ग सँगसगै बग्ने त्रिशूली नदी मनोहर खोँच, दुवैतिर अग्ला पहाड, हरिया वनस्पति तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले ह्वाइट वाटर राफ्िटङ, बन्जी जम्पिङ जस्ता साहसिक खेल तथा पिकनिक क्षेत्रका रूपमा समेत आकर्षणको केन्द्र रहँदै आएकामा त्रिशूली नदी मनसुनी वर्षातको समयमा मात्र होइन, आजकाल सबै मौसममा अविरल धमिलो र खैरो रङमा बगिरहेको देखिन्छ। प्राकृतिक एवं विकासका कारणल्ागायत त्रिशूली नदीमा स्थानविशेषका माानव सिर्जित कारणहरू प्ानि नदीको स्वास्थ्य बिगार्न उद्यत छन्। त्रिशूली नदीको तिरैतिर नुवाकोट–धादिङको सीमा कोल्पुखोलादेखि मझिमटारको त्रिशूली आसपासमा हेर्ने हो भने सयौँको संख्यांमा बालुवा र गिट्टी खानी सञ्चालनमा देखिन्छन्। त्रिशूली नदीबाट यसरी निकालिएको बालुवा र ढंुगा स्थानीयस्तरमा प्रयोग गरिनुका साथै चितवन, पोखरा, काठमाडौंलगायतका सहरहरूमा भवन निर्माण तथा सडक निर्माणमा समेत प्रयोग हँुदै आएको छ।  बालुवा र गिट्टी खानीहरूमा बालुवा निकाल्ने र बालुवा चाल्ने तथा माटो धुने मेसिनहरू पनि जडान गरिएका छन् भने स्काभेटर र डोजरहरूले लाखौँ घनमिटर बालुवा संकलन गर्ने, फिरफिरेहरूले माटो धुने कार्य निरन्तर गरिरहेका छन्। यहाँ प्रयोग गरिएका माटो धुने मेसिन पुरानो प्रविधिका भएकाले माटोको सुरक्षित प्रशोधन गर्ने कुनै व्यवस्था छैन। र निस्किएको हिलो र लेदो पानीलाई बिनाप्रशोधन त्रिशूली नदीमा बेरोकटोक मिसाइएको देखिन्छ। त्रिशूली नदी किनारमा जताततै खुलेका फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सिधै नदीमा मिसाइने गरेकाले मनसुुन सुरु नहँुदा पनि त्रिशूली नदी मध्यबर्खाको भेलजस्तै धमिलो देखिने गरेको हो। यसरी सिधै मिसाइने माटोले त्रिशूली नदीको पानीलाई धमिलो बनाउन प्रत्यक्ष भूमिका खेलिरहेको छ।  यस्तै राजमार्ग छेउछाउका घर र होटेलबाट निस्कने दूषित पानी, ढल, यात्रा गर्नेहरूको फोहरमैला त बिनाप्रशोधन नदीमा सोझै मिसाइएको छ नै।

यो सबै देख्दा त्रिशूली नदीको स्वास्थ्य अवस्था निकै दयनीय एवं निराशाजनक रहेको मान्न सकिन्छ। देशलाई समुन्नतिको बाटोमा डोर्‍याउन उपलब्ध प्राकृतिक स्रोतहरूको उचित सदुपयोग गरिनु जायज हो तर प्राकृतिक स्रोतहरू दोहन गरेर, नदीको वास्तविक स्वरूप र स्वास्थ्य बिगारेर गरिने विकासले क्षणिक लाभ त दिन सक्छ तर यसका नकारात्मक असर दीर्घकालीन हुन्छन्। जसको प्रभाव खतरनाक हुन सक्छ। सीमित स्वार्थ समूह, लोभी लालची ठेेकेदार र तिनका सहयोगी गुन्डा, संकीर्ण सोच भएका दलीय नेता त्ाथा केही भ्रष्ट कर्मचारीको निहित स्वार्थका लागि कानुनी अस्पष्टताको अनुचित लाभ लिँदै प्राकृतिक पद्धति बिगार्दै नदीको स्वास्थ्य बिगार्ने अधिकार कसैलाई छैन र हुनुहँुदैन पनि। यदि सरोकारवाला निकायहरूले नदीको स्वास्थ्यलाई समयैमा ध्यान दिएर यथोचित कदम नबढाउने हो भने निकट भविष्यमा त्रिशूली मृत नदीमा परिणत हुने सम्भावना देखिन्छ। यसबाट सिर्जित भौतिक, सामाजिक, आर्थिक दुष्परिणामहरू बढ्दै जानेछन्। विकास प्रकृतिमैत्री भएन भने कालान्तरमा यो मानिस जातिका लागि सबैभन्दा बढी प्रत्युत्पादक हुनेछ। यसको पछिल्लो उदाहरण काठमाडांैमा बग्ने वाग्मतीलगायतका नदीलाई लिन सकिन्छ। एउटा नदीको स्वरूप बिगार्न कति सहज छ र त्यसलाई पुरानै अवस्थामा फर्काउन कति समय र लगानी आवश्यक पर्ने रहेछ भन्ने पाठ काठमाडौं उपत्यकाका नदीहरूको दुरावस्थाबाट सिक्नु जरुरी छ।

अन्त्यमा, पृथ्वी राजमार्ग हुँदै यात्रा गर्दैगर्दा त्रिशूली नदीको अवस्था आफ्नै आँखाले हेर्न धादिङको बेनीघाटदेखि मुुग्लिन सडक खण्डमा सवारीसाधनबाटै यसो नदीतिर हेर्दा पुग्छ वा मुग्लिनको दोभानमा उभिएर हेर्नुपर्छ अथवा गुगल अर्थको नक्सामा हरेर मर्स्याङ्दी नदी कति सफा र कञ्चन बगेको छ, त्रिशूली नदी कति धमिलो बगिरहेको छ भन्ने तुलना गर्न सकिन्छ। यो घोर चिन्ताको विषय हो कि त्रिशूलीको पानी न स्नानका लागि योग्य रह्यो, न पिउनकै लागि। न त सिँचाइका लागि नै। नदीलाई मानव सभ्यताको उद्गम स्थलका रूपमा लिइन्छ। तसर्थ नदीहरूको मृत्युुको अर्थ हुनेछ– हाम्रो सम्पूर्ण सभ्यताको अन्त। त्यसैले नदीको फोहोर सफा गर्न संयन्त्रहरू बनाइनुुपर्छ र उद्योगको फोहोर यसमा खसाल्नबाट रोक्न कानुन नै आवश्यक छ।

उपसचिव (प्रा.), भू तथा जलाधार संरक्षण विभाग

प्रकाशित: ८ जेष्ठ २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App