हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

सोमबार, ०८ जेठ २०७४, ०९ : २७ राजकिशोर रजक


समसामयिक राजनीतिमा कार्ल मार्क्सलाई राजनीतिक विचारक तथा आर्थिक व्यवस्था निर्माताका रूपमा व्याख्या गरिँदै आएको छ। एक धर्मको संस्थापक र शान्तिको अग्रदूतका रूपमा बुद्धको विश्लेषण हुँदै आएको छ।

बुद्ध र मार्क्सबीचमा जुन रूपमा तुलनात्मक अध्ययन र विश्लेषण हुनुपर्ने हो त्यति भएको पाइँदैन । बुद्ध र मार्क्सको बारेमा बाबासाहेब डा. अम्बेडकरले व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक र शिक्षायोग्य छन्।

पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ। 

बुद्ध र मार्क्सको बीचमा २३८१ वर्षको फरक छ। बुद्धको जन्म ईशापूर्व ५६३ मा भएको थियो भने कार्ल मार्क्सको जन्म सन् १८१८ मा भएको थियो। दुवैले व्यक्त गरेका विचार तथा क्षेत्र बेग्लाबेग्लै छन्। मार्क्सवादीका विचारमा मार्क्स आधुनिक र बुद्ध पुरातन हुनसक्छन्। तसर्थ, दुवै बीचको तुलना आकर्षक र शिक्षाप्रद हुन सक्छ। पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ। 

बुद्धको नामलाई प्रायः अहिंसाको सिद्धान्तसँग जोड्ने गरिन्छ। अहिंसालाई मात्र उहाँको शिक्षा तथा उपदेशको सारको रुपमा व्याख्या गरिन्छ तर, बुद्धको शिक्षा एकदमै व्यापक छ भन्ने थोरैलाई थाहा छ। डा. अम्बेडकरले त्रिपिटकको अध्ययन गरी बुद्धको विचारलाई व्यापक रूपमा व्याख्या गरेका छन्।

बुद्धका अनुसार मुक्त समाजका लागि धर्म आवश्यक छ तर, सबै धर्म ग्रहणयोग्य छैनन्। धर्मको सम्बन्ध मानव जीवनको  वास्तविकतासँग जोडिएको हुनुपर्छ। भगवान वा परमात्मा, स्वर्ग वा पृथ्वीको सम्बन्धमा प्रतिपादित सिद्धान्त अनुमान तथा निराधार कल्पनाको उपज हुनु हुँदैन। ईश्वर वा भगवानलाई धर्मको केन्द्र बनाउनु अनुचित हुन्छ।

  वास्तविक रूपमा ईश्वरको बास मानव हृदयमा हुन्छ, शास्त्रमा होइन। धर्मको उद्देश्य मनुष्य र नैतिकताका लागि हुनुपर्छ। यस्तो भएन भने धर्म क्रूर अन्धविश्वास हुन जान्छ। नैतिकता जीवनको आदर्श मात्र नभएर जीवनको नियम र कानुन हुनुपर्छ। धर्मको काम विश्वको उत्पति र अन्त्यको व्याख्या मात्र गर्ने होइन, नयाँ ढंगले विश्वलाई पुनर्निर्माण गर्नु हो। संसारमा दुःख स्वार्थको टकरावको कारण हुन्छ। सम्पत्तिको निजीकरणबाट स्वामित्व, अधिकार र शक्ति एक वर्गको हातमा आउँछ, जसले गर्दा अर्को वर्गलाई पीडा र दुःख हुन्छ।

बुद्धको शिक्षालाई केलाउने हो भने मनुष्यको श्रेष्ठताको मापदण्ड उसको गुण हुनुपर्छ नकि जन्म। जीवनको महत्वपूर्ण पक्ष उच्च आदर्श हो न कि उच्च कुलमा जन्म लिनु। सबैप्रति मित्रता, सहचार्य र भाइचारा परित्याग गर्नु हुँदैन। समाजका सबै व्यक्ति र समुदायलाई शिक्षाको अधिकार हुनुपर्छ। राम्रो आचरणबिनाको ज्ञान खतरनाक हुन्छ। कुनै पनि चिज भ्रमातित वा अचुक हुँदैन। कुनै पनि चिज सधैँ बाध्यकारी हुँदैन। परीक्षण तथा छानबिनबाट निष्कर्ष निकाल्न सकिन्छ। कुनै पनि चिज अन्तिम हँुदैन। कार्य–कारण सम्बन्ध नियमको अधिनमा हुन्छ। युद्ध सत्य तथा न्यायका लागि हुनु पर्छ। यदि यसो भएन भने त्यो अनुचित हुन जान्छ।

 अब कार्ल मार्क्सको मौलिक विचारलाई विवेचना गरौँ। मार्क्स आधुनिक समाजवाद तथा साम्यवादको जनक हुन् भन्नेमा शंका गर्ने ठाँउ छैन्। मार्क्सले समाजवादको प्रतिपादन वा प्रस्तुत गर्नु मुख्य उदेश्य थिएन। उनको मूल उद्देश्य समाजवादलाई वैज्ञानिक बनाउनु थियो। मार्क्सको लडाइँ पँुजीपतिको विरुद्ध जति थियो, त्यति नै स्वप्नदर्शी वा अव्यावहारिक समाजवादीको विरुद्धमा थियो। मार्क्स  समाजवादको वैज्ञानिक पक्षलाई सबैभन्दा बढी महत्व दिन्थे।

मार्क्सका अनुसार दर्शनको उद्देश्य विश्व समाजको पुनर्निर्माण गर्नु हो न कि बम्हाण्डको व्याख्या गर्नु। आर्थिक पक्षले सामाजिक इतिहासको दिशा सुनिश्चित गर्छ। समाजमा मालिक र मजदुर दुई वर्गको बीचमा अन्तर्विरोध र संघर्ष हुन्छ। मालिकद्वारा मजदुरलाई शोषण गरिन्छ। मजदुरको परिश्रमको परिणामस्वरुप प्राप्त मूल्य तथा बचतलाई पुनर्लगानी गरेर मजदुर वर्गलाई निरन्तर शोषण गरिन्छ। उत्पादनको साधनलाई राष्ट्रियकरण गरी व्यक्तिगत सम्पत्ति उन्मूलन गरी वर्गीय शोषण अन्त्य गर्न सकिन्छ। मजदुर वर्गको निरन्तर शोषणको कारण श्रमिक वर्गमा क्रान्तिकारी भावना विकास भई वर्ग संघर्षको रुपमा विकास हुन्छ। श्रमिक वर्गको अधिनायकत्व स्थापित  हुन्छ। ऐतिहासिक द्वन्दात्मक भौतिकवाद, मूल्य बचतको सिद्धान्त र सर्वहारा वर्गको हातमा राज्यसत्ता मार्क्सको मुलभूत प्रस्तावना हो।

बुद्ध र मार्क्सको विचारधारालाई तुलना गर्नुभन्दा पहिले यो कुरालाई विचार गर्न आवश्यक छ कि मार्क्सवादी सिद्धान्तको मौलिक संग्रहबाट कति अस्तित्वमा छन्। इतिहासले कति विचारलाई असत्य र निरर्थक प्रमाणित गरेको छ। मार्क्सवादी विचार १९औँ शताब्दीको मध्यतिर विकास भएको हो। त्यही समयदेखि यसको आलोचना  हुँदै आएको छ। यही आलोचनाबाट मार्क्सवादी विचारका महत्वपूर्ण ढाँचा ध्वस्त भैसकेका छन्। मार्क्सको समाजवाद अपरिहार्य हो भने विचार पूर्णतः असत्य सावित भएका छन्।

 सर्वहारा वर्गको अधिनायकत्ववाद सबैभन्दा पहिले १९१७ मा …दास क्यापिटल'मा समाजवादको सिद्धान्त प्रकाशित भएको थियो। त्यसको ७० वर्षपछि उक्त सिद्धान्त केवल एउटा देशमा लागू भएको थियो। साम्यवादलाई सर्वहारा वर्गको तानाशाही व्यवस्था पनि भनिन्छ, जुन रुसमा लाग्ू भएको थियो। मार्क्सले भनेअनुसार बिना मानवीय प्रयास वा अपरिहार्य वस्तुका रूपमा रुसमा साम्यवाद आएको थिएन। रक्तपातपूर्ण क्रान्ति र अत्यधिक हिंसाको माध्यमबाट रुसमा साम्यवाद आएको थियेा। मार्क्सवादका अनुसार समाजवाद अपरिहार्य परिघटना हो। यो सिद्धान्त पूर्णतः असत्य सावित भएका छन्।

डा. अम्बेडकरको विचारमा मार्क्सवादको थोरै विचार बाँकी छन् त्यो बाँकि रहेको आगोको समान छ, जुन मात्रामा थोरै भए पनि महत्वपूर्ण छ। पहिलो दर्शकनो मूल कार्य विश्वको पुनर्निर्माण गर्नु हो, विश्वको व्याख्या गर्नु होइन। दोस्रो वर्गीय अन्तर्विरोधको कारण वर्ग संघर्ष अनिवार्य हुन्छ। तेस्रो सम्पत्तिको व्यक्तिगत स्वामित्वको कारण समाजमा एक वर्ग शक्तिशाली हुने र अर्को वर्गलाई शोषण तथा दुःख हुने। चौथो समाजमा समानता र न्यायका लागि व्यक्तिगत सम्पत्तिलाई उन्मूलन गर्ने। यी विचार आज पनि महत्वपूर्ण छन्।

बुद्ध तथा कार्ल मार्क्सको विचारलाई तुलना गर्न सकिन्छ। पहिलो विचार दर्शनको मूल उद्देश्य विश्व पुनर्गठन गर्नु हो, केवल विवेचना र व्याख्या गर्नु होइन। यस विषयमा दुवै पूर्ण सहमत छन्। यो कुरा प्रमाणको रूपमा बुद्ध तथा पोत्तपाद नामक ब्राह्मणको बीचमा भएको वार्तालापलाई आधार बनाउन सकिन्छ। पोत्तपादले बुद्धलाई विभिन्न प्रश्न सोध्छन् र बुद्धले सम्पूर्ण प्रश्न उपयोगी छैनन् भनी उत्तर दिँदैनन्।

दास्रो विचार वर्ग संघर्षको सन्दर्भमा बुद्ध र कोशल नरेश प्रसेनजितको बीचमा भएको वार्तालापका अनुसार राजा–राजाको बीच, कुलीन–कुलीनको बीच, ब्राह्मण ब्राह्मणको बीच, आमा र पुत्रको बीच, पिता र पुत्रको बीच, भाइ र बहिनीको बीच र साथी–साथीको बीचमा पनि संघर्ष चलिरहन्छ। यी विचार प्रसेनजितले बुद्धको अगाडि राख्नु भएको थियो। बुद्धले वर्ग संघर्षको कारण दुःख र दुर्दशा समाजमा व्याप्त छन्।

तेस्रो विचार व्यक्तिगत सम्पत्तिसँग सम्बन्धित छ। यस सम्बन्धमा बुद्ध र पोत्तपादको बीचमा भएको वार्तालापलाई आधार बनाउन सकिन्छ। दुःखको मूल कारण के हो? बुद्धको अनुसार धन–लोलुपता सम्पत्तिको स्वामित्वको कारण हुन्छ। जहाँ कुनै प्रकारको सम्पत्तिको अधिकार हुँदैन, त्यहाँ व्यक्ति धन लोलुपताबाट मुक्त हुन्छ।

चौथो विचार व्यक्तिगत सम्पत्ति उन्मूलनको सम्बन्धमा बुद्धले यसमा कुनै प्रमाणको आवश्यकता छैन भनेका छन्। भिक्षु संघको नियम यस विषयमा सर्वोत्तम प्रमाण हो। नियमको अनुसार भिक्षुका लागि प्रतिदिन लगाउनका लागि तीन वस्त्र, कम्मरमा बाँध्नको लागि एउटा पेटी, एउटा भिक्षापात्र, एउटा उस्तरा, सुई–धागा र पानी सफा गर्न एउटा छलनी आदिलाई सम्पत्तिका रूपमा परिभाषित गरेको थियो।

यसका साथै मार्क्सवादी दर्शनअनुसार राज्य समाप्त हुन्छ। मानव जातिको अन्तर्राष्ट्रिय जाति हुन्छ। राज्य समाप्त कहिले हुन्छ? राज्य समाप्त भयो भने त्यसको स्थानमा को आउँछन्? पहिलो प्रश्नको सन्दर्भमा कुनै समय सिमा मार्क्सवादीले भनेका छैनन्। राज्य समाप्त भएपछि त्यसको स्थानमा को आउँछन् भन्ने विषयमा माक्सवादीले केही भन्न सकेका छैन्। मार्क्सवादीले बल प्रयोगको विकल्प सोच्न सकेका छैनन्।

बल प्रयोगको विकल्पको रूपमा धर्म  हो तर, मार्क्सवादीले धर्मलाई अफिम भनेका छन्। धर्मको सन्दर्भमा मार्क्सवादीमा गहिरो घृणा छ। मार्क्सले इसाई धर्मको सन्दर्भमा धर्मलाई अफिम भनेका थिए, जसलाई बौद्ध धर्मको सन्दर्भमा प्रमाणित गर्न सकिँदैन। मार्क्सवादीका अनुसार धर्म जनताको लागि अफिम हो। यो आरोप ईसाको पर्वत प्रवचन (सरमन आन दि माउन्ट) मा आधारित हो, जसमा निर्धन, दरिद्र तथा दुर्बलका लागि स्वर्गको बाटो खुल्ने उल्लेख छ। बुद्धको उपदेशमा प्रर्वत प्रवचन छँदै छैन।

मार्क्सवादी तानाशाहयुक्त पूर्ण साम्यवादी व्यवस्थाप्रति गर्व गर्छन् तर, उनीहरू बुद्धको तानाशाहविहीन साम्यवादी विचार सुन्न चाहँदैनन्। बुद्धको तरिका अलग थियो। उनको तरिका मनुष्यको आत्माको परिवर्तन गर्नु तथा उसको प्रवृत्ति र स्वभाव परिवर्तन गर्नु हो। मनुष्य जे गरे पनि स्वतन्त्र र स्वेच्छाले बल प्रयोग वा बाध्यताबाट पूर्णतः स्वतन्त्र भएर गर्न सकून् । मानवताका लागि आर्थिक मूल्यको मात्र आवश्यकता हुँदैन। यसको साथै आध्यात्मिक मूल्यको पनि आवश्यकता पर्छ। मानवको विकासका लागि भौतिकका साथै आध्यात्मिक पक्ष पनि आवश्यक छ। समाजको लक्ष्य एक नवीन धरातल खडा गर्नु हो, जहाँ भ्रातृत्व, स्वतन्त्रता तथा समानता अटाउन सक्नुपर्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...