१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

ललितपुर- ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

यस्तै साझा पार्टीका स्वतन्त्र उम्मेदवारले मेयरमा माओवादी केन्द्रलाई उछिन्दै निरन्तर तेस्रो र उपमेयरमा दोस्रो स्थान कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ५ सय ८३ प्राप्त गरेका छन् भने एमाले हरिकृष्ण ब्यञ्जनकारले १७ हजार ६ सय ४८ मत प्राप्त गरेका छन्।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले ११ हजार ९ सय ९ र माओवादी केन्द्र दिनेश महर्जनले ५ हजार १ सय १२ मत प्राप्त गरेका छन्।  

उपमेयरमा कांग्रेसकी गिता सत्यालले १४ हजार ८ सय ७६ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका शोभा शाक्यले १२ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन्।

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App