१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा पहिलो पटक मुस्लिमको प्रशंसा

साउदी अरब भ्रमणमा ट्रम्प

रियाद—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्र साउदी अरेबियाको खुलेरै प्रशंसा गरेका छन्। साउदी अरेबिया र तथा मुस्लिम राष्ट्रप्रति  सधैँ आक्रोश पोख्दै आएका उनले मुस्लिम राष्ट्रको तारिफ गरेको यो पहिलो पटक हो।

आइतबार साउदी अरेबियाको रियादमा एक सम्मेलनमा बोल्ने क्रममा उनी  निक्कै नै संयमित रुपमा देखिएका थिए। ३६ मिनेट लामो भाषण गरेका उनको यो विदेश भ्रमणको क्रममा गरेको पहिलो भाषण हो।

आइतबार साउदी अरेबियाको रियादमा एक सम्मेलनमा बोल्ने क्रममा उनी  निक्कै नै संयमित रुपमा देखिएका थिए। ३६ मिनेट लामो भाषण गरेका उनको यो विदेश भ्रमणको क्रममा गरेको पहिलो भाषण हो।

४० भन्दा बढी मुस्लिम देशहरुको रियादमा भएको सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको प्रशंसा गरेका हुन्। भाषणको क्रममा उनले  मुस्लिम राष्ट्र इरानको भने पटक—पटक आलोचना गरेका थिए। ३६ मिनेट लामो भाषण गरेका उनले उक्त अवधिमा एकपटक पनि कट्टरपन्थी इस्लामिक शब्दको प्रयोग गरेनन्।

उनले मुस्लिम राज्यहरुका महिलामाथि हुने दमनबारेमा भने आलोचना गरे तापनि उनले मानवअधिकार र प्रजातन्त्र भन्ने शब्दको प्रयोग कहीँ कतै पनि नगरेको सञ्चार माध्यमहरुले बताएका छन्।

उनले मुस्लिम राज्यहरुसँगको सम्बन्ध विस्तारका लागि रणनीतिक रुपमा यस्तो गरेको हुनसक्ने आँकलन गरिएको छ। मुस्लिम सम्प्रदाय तथा देशप्रति सधैँ कडा रुपमा प्रस्तुत हुने उनले आफ्नो भाषणमा फेरबदल गरेको र मुस्लिम राज्यको प्रशंसा गरेको यो पहिलो पटक हो।

प्रकाशित: ८ जेष्ठ २०७४ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App