५ वैशाख २०८१ बुधबार
राजनीति

एमालेका पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा पार्टी परित्याग

 काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्व सभासद एवं क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन्। मधेस आन्दोलनबाट उठेका मागहरुलाई एमालेले अपमान गरेको भन्दै एमालेका केन्द्रीय गिरी र पूर्व सभासद चौहानले राजीनामा दिएका छन्। सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गीरी र पुर्वसभासद प्रद्युमन चौहानले एमाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट राजीनामा दिएका छन्।

मधेस आन्दोलनबाट उठेका मागंहरुलाइ संस्थागत गर्नुपर्ने जनचाहना भएपनि मधेस आन्दोलनको भावनालाई एमाले पार्टीले उपेच्छा गरेकोले आफुहरु पार्टीको साधारण सदस्य लगायत सम्पुर्ण पदबाट राजीनामा दिएको नेताद्धय गिरी र चौहानद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। एमाले परित्याग गरेका नेता गिरी र चौहानले मधेसको मागंहरुलाई समर्थन गर्दै आगामी जेष्ठ १४ गते विरगञ्जमा कार्यक्रम गरी संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमति अनुसार तराई मधेसमा स्थानीय निकायको संख्याबृद्धि गरि दोश्रो चरणको चुनाव गराउनु पर्ने अहिलेको राजनैतिक आवश्यकता भएपनि एमालेको मधेस विरोधी आडानको कारण राजनैतिक निकास निस्कन नसकेको उनीहरुको आरोप छ।

प्रकाशित: ८ जेष्ठ २०७४ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App