८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरको १४ मध्ये १० वटामा एमाले विजयी, मेयरमा एमालेको अग्रता कायमै

चितवन- भरतपुर महानगरपालिकाका २९ वटा वडाहरुमध्ये १४ वटा वडाको मत गणना सम्पन्न भएको छ। मंगलबार बिहान घोषणा भएको वडा नं. १२ को अन्तिम मत परिणाममा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार नरेन्द्र कन्दङ्वा विजयी भएका छन्। कन्दङ्वासहित भरतपुरमा एमालेका १० जना वडाध्यक्षहरु निर्वाचित भएका छन्। मेयरमा एमालेका देवि ज्ञवालीको अग्रता कायमै छ।

अहिलेसम्मको मत परिणाममा एमाले उम्मेद्वार ज्ञवालीले सत्तारुढ गठबन्धन काँग्रेस माओवादीले मेयर पदमा उठाएको माओवादी उम्मेद्वार रेणु दाहालभन्दा ३३ सय बढी मत ल्याएका छन्। ज्ञवालीले २४ हजार ९१२ मत ल्याएका छन्। रेणु दाहालको २१ हजार ५२३ मत आएको छ। भरतपुरको वडा नं. २७ को मत गणना सुरु भएको छ।

हालसम्म घोषणा भएको वडाहरुको अन्तिम नतिजा अनुसार वडा नं. १, ३, ६ र ८ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन्। त्यस्तै वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन्। एमालेलाई धेरै मत आउने भरतपुरका १०, ११ र १२ नम्बर वडाको मत गणना सकिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App