८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

स्पेस एक्सको पाचौं रकेट स्पेसमा

क्यालिर्फोनिया –सोमबार बिहान स्पेस एक्सले आफ्नो रकेट अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएसमा सफलता पूर्वक परिक्षण गरेको छ। विगत सात महिनामा स्पेस एक्सले स्पेसमा रकेट पठाएको यो पाचौं पटक हो । फ्लोरिडाको केप कार्निभल एयर फोर्स स्टेशनबाट स्पेस एक्सको फाल्कोन नाइन रकेट स्थानीय समय अनुसार बिहान १२ः४५ मा त्यसतर्फ पठाइएको थियो। साथै एउटा रोर्वटिक ड्रयागनपनि त्यसतर्फ पठाइएको छ।

नासाका डेयुटी म्यानेजर जोइल मोनटलबानोले आइएसएसको लन्च पहिले गरिएको पत्रकार सम्मेलनमा भने, ‘यो स्पेस एक्सका लागि ठूलो दिन हो, यो परिक्षण क्याम्पेन वास्तवमै ठुूलो उपलब्धि हो र यो हेर्दा हामी धेरै आन्दित छौं।’ यो रकेट पठाएसँगै प्रक्षेपण गरेको रकेटको संख्या पाँच पुगेको छ। उसले प्रथम पटक सन् २०१५ को डिसेम्बरमा फाल्कोन नाइनलाई केप कार्निभलको कमर्सियल स्टेलाइट लन्चमा प्रक्षपण गरेको थियो। यस अघि अप्रिलमा एउटा र मे महिनामा दुई वटा गरी स्पेस एक्सले समुन्द्रमा ल्याण्ड गर्न सक्ने आई स्टिल लभ यु नामक तीन रकेट प्रक्षपण गरेको थियो।

स्पेस एक्सका संस्थापक तथा सिइओ इलोन मुक्सले स्पेस एक्सको मुख्य लक्ष्य भनेको पुनः प्रयोग गर्न मिल्ने रकेटको विकास गर्नु रहेको बताए। उनले भने, ‘हाम्रो लक्ष्य भनेको पुर्न प्रयोग गर्न मिल्ने रकेटको विकास गर्नु हो, जसको कारण थोरै खर्चमापनि स्पेस लाइटका पुग्न सकिन्छ। स्पेस एक्सले पहिले परिक्षण गरिसकेका रकेटहरुलाई थप प्रविधिको जडान गरी उच्च गतिका साथमा स्पेसमा पठाउने सोच बनाएको पनि उनले बताए। तर पहिले परिक्षण गरिएका रकेटहरु केप कार्निभलमा जम्मा भएर बसेका छन् र यसलाई राख्ने ह्याङगरको अभाव हुनसक्छ ।

स्पेस एक्सका हन्स कोइङस्मनले भने, ‘मलाई हाम्रो  विकल्पको बारेमा केही थाहा छैन, तर मलाई यति थाहा छ की हाम्रो टिमले नयाँ ह्याङगर कहाँ बनाउने भन्ने बारे अध्ययन गरिरहेको छ।’ उनले रकेट राम्रो सेपमा रहेको र छिट्टै फेरि उड्नका लागि तयार रहेको बताए।
स्पेस एक्सको योजना अनुरुप ड्रयागन आइएसएसमा स्थानीय समय अनुसार बुधबार ७ बजे पुग्ने विस्वास लिइएको छ।

मानवरहित उक्त रकेटमा स्पेस अनुसन्धानमा प्रयोग हुने १७ सय किलो हार्डवेयर र ९सप ३० केजी रिर्सच स्याम्पल राखिको  आइएसएसका वैज्ञानिक जुली रोविसनले बताइन्। उनले भनिन् ,‘यो समग्र दृष्टिकोणदेखि स्पेस स्टसनमा मानव , जीव विज्ञान, प्रविधि अन्वेषण र भौतिक विज्ञानको अनुसन्धानकालागि एक  अशं मात्र हो।’

सो ड्रयागनले क्रुर्सियल डकिङ एड्याप्टरमार्फत भविष्यमा मानवयुक्त स्पेसर्काफ्ट पठाउँदा के कस्तो तयारी गर्नु पर्छ भन्ने जनकारी दिने नासाले विस्वास लिएको छ। कोइङस्मनले भने, ‘मलाई थाहा छ मानवयुक्त ड्रयागनको परिक्षण गर्ने कार्य नासा र आइएसएसका साथै स्पेस एक्सका लागि अती नै संवेदनशील छ। आइएसएसले स्पेसमा ड्रयागन पठाएको यो दोस्रो अवसर हो। यसअघि सन् २०१५ मा फल्कन नाइनमार्फत ड्रयागन पठाइएको थियो जनु प्रक्षपण गरिएको ३ मिनेटमा नै हराएको थियो ।

 

प्रकाशित: ३ श्रावण २०७३ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App