८ वैशाख २०८१ शनिबार
राजनीति

महानगरको पहिलो मत परिणाम : ललितपुरमा काँग्रेस विजयी

ललितपुर – धेरैको चासोको विषय बनेको चार महानगर मध्ये ललितपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । निकै नै प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको मतगणनासम्पन्न हुँदा ललितपुरमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । 

काँग्रेसका चिरीबाबु महर्जन ३२६ मतले विजयी भएका हुन् । उनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरे । 

त्यसै गरी उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ । काँग्रेसकी गिता सत्याल १९ हजार ८ सय १९ मत सहित उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत प्राप्त गरेकी छिन् ।

 यो सँगै ललितपुर चार महानगर मध्ये मतगणना सम्पन्न गर्ने पहिलो महानगर बनेको छ । 

 

प्रकाशित: १० जेष्ठ २०७४ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App