coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

रौतहट – कृषिलाई आधुनिकीकरण गर्दै लैजान रौतहटमा आधुनिक धानको बीउ ल्याइएको छ । जिल्ला कृषि सामग्री आपूर्ति समिति रौतहटको सिफारिसमा विभिन्न सहकारी तथा डिलर मार्फत जिल्लामा ८० मेट्रिक टन आधुनिक धानको बीउ अनुदानमार्फत ल्याइएको छ ।

जिल्लाको समग्र क्षेत्रलाई समेट्ने गरी एक दर्जन सहकारी तथा एग्रोभेट पसलमार्फत सुपथ मूल्यमा कृषक समक्ष समयमै विभिन्न उन्नत जातका आधुनिक धानको बीउ पुर्याइँदै छ । करिब ४० प्रतिशत अनुदानमा जिल्लाको माटो सुहाउँदो आधुनिक धानको बीउ कृषक समक्ष पुर्याउने तयारी भएको कृषि सामग्री आपूर्ति समिति रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन् ।

बजारमा समयमा धानको बीउ नपाइने विगतको समस्यालाई यसपालि सम्बोधन गरिएको र धानको बीउ खसाल्ने समयमा नै जिल्लाभर आधुनिक धानको बीउ पुर्याउन सफल भएको संयोजक थापाले बताए । किसानले प्रतिकिलो ३३ देखि ४० रुपैयाँसम्ममा धानको प्रकृति हेरी बीउ पाउने थापाले बताए । विगतमा धानको मूल्यमा किसान ठगिने गरेकोमा समिति विभिन्न निकायमार्फत धानको बीउ बिक्री हुनुपूर्व नै सतर्कता अपनाएको प्रजिअ थापाले बताए । 

कुल एक लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको रौतहटमा झन्डै ४९ हजार तीन सय हेक्टरमा धान खेती हुन्छ । जिल्लाका किसानले आफैसँग राखेको र सीमावर्ती भारतबाट तस्करी गरेर ल्याएको स्रोतबाट पनि धानको बीउ खेतमा खसाल्छन् । समयमै पर्याप्त मात्रामा आधुनिक धानको बीउ पुर्याउन सके जिल्लाका किसानले बाहिरको स्रोत हेर्नु नपर्ने जनहित कृषक समूहका दिपलाल साहले बताए ।

जिल्लाको आवश्यकता अनुसार हाललाई विभिन्न सात प्रकारका आधुनिक धानको बीउ अनुदानमा किसानलाई उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताए । कृषि सामग्री आपूर्ति समितिको सिफारिसमा रामधान, सर्वणस–१, सवासव–१, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, सुक्खा–५, सुक्खा–६ लगायतका आधुनिक जातको धानको बीउ जिल्लामा मगाइएको प्रमुख यादवले बताए । जिल्लाको माटो सुहाउँदो र कम पानीमा पनि राम्ररी फल्ने धानका जातहरु भएकाले उत्पादन बढाउन मद्दत मिल्ने विश्वास रहेको यादवले बताए ।

जिल्लामा हाल ८० मेट्रिक टन धानको बीउ मगाइएको र आवश्यक भए थप मगाइने यादवको भनाइ छ ।

प्रकाशित: १० जेष्ठ २०७४ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App