८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्ने, राजीनामाको सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं— प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्ने भएपछि बुधबार पनि संसद बैठक अवरुद्ध भएको छ। बिहान ९ बजेका लागि तोकिएको मुख्य तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे।

संसदबाट राजीनामा गर्ने तयारी गरेका प्रधानमन्त्री दाहालले मञ्च नपाएपछि अन्ततः प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन प्रसारणमार्फत् सत्ता त्यागको तयारी गरेका छन्।

'प्रधानमन्त्रीले ४ बजे राष्ट्रका नाउँमा सम्बोधन गर्दै हुनुहुन्छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकन्युजसँग भने।

संविधान विपरित एवं निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सरकारले तराईका जिल्लामा स्थानीय तह थप गरेको विरोधमा एमालेले सदन अवरुद्ध गरेको हो। एमालेको अवरोधका कारण मंगलबारै राजीनामा गर्ने प्रधानमन्त्रीको योजना स्थगित भएको थियो।

प्रकाशित: १० जेष्ठ २०७४ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App