८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्रिटेन आतंकवादको उच्च जोखिममा

अाक्रमणमा मारिएकाकाे अात्माकाे शान्तिका लागि मैनबत्ती बाल्दै ब्रिटेनवासी

लण्डन – ब्रिटेनको म्यान्चेस्टर शहरमा सोमबार भएको बम विस्फोट पश्चात् प्रधानमन्त्री टरिजा मे ले थप आंतकवादी गतिविधिहरू हुन सक्ने  दाबी गरेकी छिन् । 

आतंकवाद अध्ययन सम्बन्धी  कार्यरत्त संस्था जोइन्ट टेरोरिज्म एनलाइसिस् सेन्टरले ब्रिटेन आतंकवादको उच्च बिन्दुमा रहेको तथ्य सार्वजनिक गरेको छ । 

हमला पश्चात् सार्वजनिक  स्थलहरुमा उच्च सर्तकता साथ  सैनिक परिचालन  गर्न प्रधानमन्त्रीले निर्देशन दिएकी छिन् । सोमबार राती म्यान्चेस्टर सहरको  एक साँस्कृतिक कार्यक्रममा भएको आत्मघाती हमलामा परी २२ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए । 

उक्त आक्रमणमा परी ज्यान गुमाउने मध्ये केही व्यक्तिको परिचान गरिएको छ । मारिनेहरू मध्येका केही बालबालिका रहेको आकंलन गरिएतापनि तिनीहरूको पहिचान भने खुलेको छैन । घाइतेहरु ५९ मध्ये अघिकांशको अवस्था चिन्ताजनक रहेको छ । बम विस्फोटनमा परी ज्यान गुमाउनेहरूको सम्झनामा बुधबार  बिहान विभिन्न कार्यक्रम तथा र्यालीको आयोजना गरिएको थियो ।

प्रकाशित: १० जेष्ठ २०७४ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App