८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुर–२६ मा माओवादी–एमाले तालमेल : ज्ञवालीभन्दा झन्डै दोब्बर मत पाइन् दाहालले

भरतपुर महानगरमा एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

चितवन— नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानप्रसाद खनाल भरतपुर महानगरपालिकाको वडा नं. २६ मा वडाध्यक्ष पदमा विजयी भएका छन्। पार्टी नीति विपरित वडा तहमा एमालेसँग तालमेल गरेको भनेर खनाललाई माओवादी केन्द्रले कारवाही गरेको थियो। कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसउम्मेद्वारको १ हजार ४६० मत पाए।

सो वडाबाट मेयर पदमा एमालेका प्रत्यासी देवी ज्ञवालीले जम्मा ८९६ मत मात्र पाएका छन्। जब कि माओवादीकी रेणु दाहाललाई १ हजार ५४९ मत गएको छ।

काँग्रेस बलियो भएको वडा नं. २६ मा नेकपा (एमाले)ले वडाध्यक्षमा उम्मेद्वार दिएको थिएन। वडाध्यक्षमा खनाललाई सघाउने समझदारी गरेर एमालेले चारजना वडा सदस्य मात्रै उठाएको थियो। सहमति अनुरुप माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा कोही उठेका थिएनन्। वडाध्यक्षमा माओवादीका खनाल विजयी हुँदा बाँकी चारैजना सदस्य नेपाली काँग्रेसका उम्मेद्वारहरुले जितेको छ।

वडा अध्यक्षमा माओवादका खनालले पाए जति मत सदस्यका एमाले उम्मेदवारले पाएनन्। 

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन माओवादी र काँग्रेसबीच तालमेल छ। वडा तहमा पार्टी नीति विपरित एमालेसँग तालमेल गरेको भनेर खनाललाई कारवाही गरेको माओवादीले जनाएको थियो। वडा नं. २६ को तालमेलले माओवादीलाई फाइदा पुगे पनि एमालेलाई घाटा भएको छ। सो वडाबाट मेयर पदमा एमालेका प्रत्यासी देवी ज्ञवालीले जम्मा ८९६ मत मात्र पाएका छन्। जब कि माओवादीकी रेणु दाहाललाई १ हजार ५४९ मत गएको छ। वडा सदस्यका एमाले उम्मेदवारहरुको मत हजारभन्दा माथि छ।

माओवादीले यसअघि वडा नं. १३ मा वडाध्यक्षसहित प्यानल नै जितेको थियो। २९ वटा वडाहरु रहेको भरतपुरमा १७ वटा वडाको मत गणना सकिएको छ। जसमध्ये एमालको १०, काँग्रेसका पाँच र माओवादीका दुई उम्मेद्वारले वडाध्यक्ष जितेका छन्।

 

प्रकाशित: १० जेष्ठ २०७४ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App