coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चाँगुनारायणको मतगणना साँझ ५ बजे

भक्तपुर- शुक्रबारदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज बुधबार अपरान्ह पाँच बजेबाट पुनः सुरु हुने भएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरलेको नेतृत्वमा बुधबार दिउँसो बसेको सर्वदलीय बैठकले चाँगुनारायण नपाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु हुने भएको हो।

सूर्य चिन्हमा छाप लगाइएका मतपत्रको चाङमा मादल, रुख र गाई चुनाव चिन्हमा छाप लगाइएका मतपत्रका चाङ भेटिएपछि विवाद भई अवरुद्ध भएको थियो।

मतगणना भइसकेका वडा नं १ देखि ४ सम्मै पुनः मतगणना गर्ने वा ३ र ४ वडाको मात्र मतगणना गर्ने विषयको विवाद नमिलेपश्चात निर्वाचन आयोगमा समाधानको लागि पत्राचार भएको थियो । आयोगले बुधबार वडा नं ३ र ४ को मात्र पुनःमतगणना गर्न सकिने निर्णय दिएको थियो । नेका, नेमकिपा, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति पार्टी निर्णय मान्न तयार भए तापनि एमालेले चार वटै वडाको पुनः मतगणना माग गरिरहेको थियो । मतगणणा चाँगुनारायण नपाको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा भइरहेको थियो।

 

प्रकाशित: १० जेष्ठ २०७४ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App