coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

प्रधानमन्त्री दाहालद्वारा पद त्याग

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन्। टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले पद त्याग गरेका हुन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो सरकारले गरेका राम्रा कामको उपलब्धि चर्चा गरे। फास्ट ट्र्याक निर्माण, लोडसेडिङ अन्त्य, स्थानीय तह निर्वाचनलाई उनले आफ्नो सरकारको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरेका छन्। उनले षाड्यन्त्रकाबीच निर्वाचन सम्पन्न भएको बताए। षड्यन्त्र कसले गरेको थियो भन्ने खुलाएनन्।

प्रधानमन्त्री दाहालले आफ्नो सरकार गठन हुनुअघि सपनाको वर्षात गराइए पनि आर्थिक वृद्धिदर शून्य रहेको उनले बताए। यो आर्थिक वर्षमा ७.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई उनले सरकारको महत्वपूर्ण उपलब्धिको रुपमा टिप्पणी गरे।

 

प्रकाशित: १० जेष्ठ २०७४ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App