coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहालको सम्बोधनमा ओलीलाई घोचपेच

प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा दिनु अघि देशबासीका नाउँमा सम्बोधन गर्दै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्दै बुधबार पद त्याग गरेका छन्। काँग्रेस—माओवादी गठबन्धन प्रधानमन्त्रीको अन्तिम मन्तव्यका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैलीप्रति व्यंग्य वाण प्रहार गरेका छन्।

ओली सरकारको विदेशनीति आवेगपूर्ण भएको दाहालको आरोप छ। ‘म प्रधानमन्त्री हुनुअघि सरकारको विदेशनीति विवेकभन्दा आवेगले निर्देशित देखिएको थियो’, उनले भने, ‘छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन।’ आफूले भारतसँगको सम्बन्ध कुटनीतिक र जनस्तरसम्म सहज बनाएको दाहालले दाबी गरे।

प्रधानमन्त्री दाहाल निर्वाचित हुने बेलामा संसदमा एमाले अध्यक्ष ओलीले फास्ट ट्र्याक निर्माणको भविष्य, चीनसँग गरेका सम्झौताहरुको कार्यान्वयन, निर्वाचनको सुनिश्चितामाथि प्रश्न उठाउँदै दाहाल सरकारको राष्ट्रवादमाथि प्रश्न उठाएका थिए। बिहीबार देशबासीका नाउँमा सम्बोधन गर्दा दाहालले ती विषय र त्यो समय स्मरण गरे। ‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो फास्ट ट्रयाक के हुन्छ? ओबीओअार के हुन्छ? हुलाकी मार्ग के हुन्छ ? ती प्रश्न गलत थिएनन् तर सोध्नेहरुको नियत सही थिएन’, उनले भने।

अहिलेसम्म राजनीतिक दाउपेचको विषय बनेको फास्ट ट्रयाक केही दिनमै आफूले शिलान्यास गर्ने उनले उद्‌घोष गरे। ओलीको कार्यकालमा विकासका चर्का भाषण मात्र भएको दाहालको भनाइ थियो। ‘सबै आर्थिक सूचकांकहरु निराशाजनक थिए।‍ ...विकासका चर्का भाषण त थिए तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन’, उनले भने। त्यतिबेला छिमेकीहरुसँगको सम्बन्ध समेत सहज नभएको दाहालले उल्लेख गरे। एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै प्रधानमन्त्री दाहालले आफ्नो सरकार बन्नुअघि सपनाको वर्षा भएको टिप्पणी गरे।

‘यो सरकार बन्नुअघि सपनाहरुको त वर्षा भइरहेको थियो तर आर्थिक वृद्धिदर केवल ०.८ प्रतिशत थियो। सबैजसो आर्थिक सूचकांकहरु ऋणात्मक थिए’, उनले स्मरण गरे। ओली सरकारको विदेशनीति आवेगपूर्ण भएको दाहालको आरोप छ। ‘म प्रधानमन्त्री हुनुअघि सरकारको विदेशनीति विवेकभन्दा आवेगले निर्देशित देखिएको थियो’, उनले भने, ‘छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन।’ आफूले भारतसँगको सम्बन्ध कुटनीतिक र जनस्तरसम्म सहज बनाएको दाहालले दाबी गरे। सुशील कोइराला सरकारकै पालादेखि नेपालमाथि भारतले लगाएको नाकाबन्दी अाेली सरकार अाउँदासम्म जारी रह्यो।

उनले ओलीलाई सपनाको क्रान्तिका प्रणेता भन्न भ्याए। ‘हामी सबै एक ठाउँमा उभिएर राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक वृद्धिमा केन्द्रित गरौं। सपनाहरुको क्रान्ति धेरै भयो’, प्रधानमन्त्री दाहालले भने।

अाेली प्रधानमन्त्री हुँदा पूर्व–पश्चिम रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, राजधानीमा भान्सामै ग्यास पाइपलाइन पुर्‍याउनेलगायतका चर्चित अभिव्यक्ति दिएका थिए। ओली सरकारको साझेदार माओवादी स्वयं थियो। काँग्रेस–माओवादी गठबन्धन बनेपछि ओली सरकार ढालेर दाहालले आफ्नो नेतृत्वमा सरकार गठन गर्न तयार भएका थिए।

सम्बोधनको पूर्ण पाठ

प्रकाशित: १० जेष्ठ २०७४ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App