७ वैशाख २०८१ शुक्रबार
कला

'दर्द'मा हटुवालका गीत

काठमाडौं- गजलकार ज्ञानदेव हटुवालको गजल संग्रह 'दर्द' सार्वजनिक भएको छ। राजधानीमा गत सोमबार आयोजित एक कार्यक्रममा प्राध्यापक डा.कृष्णहरि बराललगायतले एल्बम सार्वजनिक गरे।

लमजुङका गजलकार हटुवालको एल्बममा 'कसरी बताउँ खै', 'नजिकिने बहानामा', 'तिमीलाई पाउने', 'दिएन साथ जिन्दगीले', 'सधैंभरि नबिर्सिने', 'देउतालाई फूलपाती', 'कुरी बसें तिमीलाई' लगायत ९ गीत छन्। गीतमा राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी र आनन्द कार्कीको स्वर छ। गीतमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ र राज सिग्देलले संगीत भरेका छन्।

कार्यक्रममा गायक राज सिग्देलको गजल गायनसँगै दुईवटा गजलको म्युजिक भिडियोसमेत देखाइएको थियो। कार्यक्रममै वरिष्ठ संगीतकार चन्दनकुमार श्रेष्ठ, चण्डीप्रसाद काफ्ले र दीपक जंगमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App