coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

साउनको महिमा

साउन महिना १२ महिनाहरू मध्यको एक महिना हो । सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुसार साउनको सुरुवात असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ ।

शाक्य पञ्चांगका अनुसार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ । सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाई र अगस्त आधा आधा महिना श्रावण महिनामा पर्दछन् ।

श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो । यो महिनामा सूर्य कर्कट राशिमा रहन्छ । श्रावण महिनामा नेपाल तथा भारतीय समुदायको मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन् । श्रावण एक गते विभिन्न रोग व्याधको शान्तिकोलागी राँके (साउने) सक्रान्ति पर्व मनाई नाग पञ्चमीको दिन नागको चित्र बनाएर घरमा टाँस्नाले सर्प र चट्याङको डर हुदैन भन्ने परम्परा रहेको छ ।

श्रावण शुक्ल पुर्णिमाको दिनमा जनै पुर्णिमा र रक्षा वन्धन दुईवटा पर्व पर्दछन् । यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने जनैको पूजा गरेर भण्डार गरी राख्ने प्रचलन छ । साथै यस दिनमा तराई मधेसमा क्षेत्र तथा भारतमा दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अर्थात रक्षाबन्धन बाँध्ने गर्दछन् । मधेसका स्थानीयहरुले नैनेल, मष्टा, अधिकारी, जगनाथ, आदि देवी देवताहरूको पुजा गरिने प्रचलन पनि पूर्वकाल देखी चल्दै आएको छ ।

साउन महिनामा महिला

श्रावण महिना सुरु भए लगत्यै तराई मधेसको महिला वर्गमा एउटा नौलो किसिमको उत्साह आउछ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना भएकोले गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिईन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते बाट खेतीको काम सकेर हिलो मैलोको काम सकिएको बुझिन्छ भने बर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन ।

खेती किसानी संगै मधेसमा महिलाहरुले साउन महिनामा हरियो पहिरन र चुरापोते, मेहदी लगाउने प्रचलन रहेको छ । मधेसी महिलाको अनुसार विवाहित हिन्दु महिलाहरु पतिको दिर्घायुको लागी साउन महिनामा हरियो चुरा र हरिया पहिरनहरु लगाउने गर्दछन् भने अविवाहित महिलाले हरिया पहिरनमा आकर्षण देखिनको लागि लगाउने गर्छन् ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महत्वको महिना हो ।

धामिर्क कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरु काँवर लिएर जल चढाउने प्रचलन पनि रहि आउको छ ।

मधेसी महिलाको सोमवारी व्रत

मधेस मुलका महिलाहरु खास गरि विवाहित देखि अविवाहित महिलाहरुले सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ ।

मधेस मुलका महिलाहरूले विभिन्न ठाउँमा गई थरीथरीका झारपात र फूलहरू टिपि डालाभरी सजाएर ल्याउने गर्छन् र त्यही फूलपात लिएर बिहान पल्ट नागदेवताको पूजा, भजनकिर्तन गाउने गदर्छन् । यो पर्वको अन्तिम दिन नागको विशेष पूजा गरी पूजाको विसर्जन गरिन्छ । यस पर्वमा नागलाई फूल, पान अकन, बेलपत्र, जाहीजुही, निबुको पात, अम्बाको पात, मानक पात, फलफूल, मिठाई, दुध–लावा‘.आदि चढाउने चलन छ । यसरी विशेष रूपमा गरिने यो पूजालाई भक्ति भावले गरेपछि नागदेवता प्रसन्न हुन्छन् र पतिलाई दिर्धायू र घरपरिवारलाई कल्याण गर्छन् भने कुमारी महिलाहरुलाई सुन्दर, सुशील वर पाउने मधेसी मान्यता अनुसार विश्वास रहेको छ ।

साउन महिना मै रक्षा वन्धन

साउन महिनाको अन्त्य तिर मधेसमा रक्षा बन्धन वडो उत्साह पूर्वक बहिनीले भाईको हातमा राखी वाँधेर मनाउने चलन रहेको छ । साउन पुर्णिमाको दिन प्रातः नुहाइ धुवाइ गरेर बहिनहिरुले पूजाको थालीमा राखीको साथमा दिप,चन्दन,मिठाइ इत्यादी लिएर अभिष्ट भन्ने देवतालाई सम्झेर दाजुभाइलाई टिका लगाएर मिठाइ ख्वाइ, लामो दिर्घायुको कामना गर्दै दाँया हातमा राखी बाँध्ने मधेसको महिलाहरुको पुरानो चलन रहेको छ । मधेसमा दाजुभाइले बहिनीको रक्षा गर्ने प्रतिवद्धताको साथ उपहारहरु पनि दिइने प्रचलन परापूर्वकाल देखी नै चल्दै आइरहेको मान्यता रहेको छ ।

प्रकाशित: ३ श्रावण २०७३ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App