१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्मार्टले पनि पायो फोरजी सेवा

काठमाडौं- निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलपछि स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) सेवा संचालन गर्ने स्विकृति पाएकोछ। नेपाल दूरसंचार प्राधिकरण बोर्डको जेठ ७ गते बसेको बैठकले स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालन गर्न पाउने स्विकृत गरेको हो। 

साउन १५ देखि फोरजी सेवा संचालन गर्न पाउने गरी अनुमति दिएको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले बताए। 'साउन १५ देखि सेवा संचालन गर्न पाउने गरी स्मार्ट टेलिकमले प िनफोरजी सेवाको स्विकृती पाएको छ,' आर्यालले नागरिकसँग भने, 'यो संगै सेवा संचालनमा थप प्रतिपर्स्धा बन्ने छ।'

स्मार्ट टेलिकमलाई १८ सय मेगाहर्ज व्यान्डमा प्रविधि तटस्था अर्न्तगत फोरजी सेवा संचालन गर्न अनुमति दिइएको हो। प्राधिकरणले फोरजी स्विकृतीसँगै उसले तिर्नु पर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा नविकरण शुल्क बुझाउन र हरेक तीन महिनामा प्राधिकरण कार्यप्रगति बुझाउन निर्देशन दिएको छ। साथै यथासम्भव नेपालभरी सेवा संचालन गर्नु पर्ने भन्ने शर्त समेत राखिएको अर्यालले बताए।

स्मार्टलाई अनुमति दिएसँगै मुलुकमा फोरजी सेवा संचालन गर्ने ३ वटा दूरसंचार कम्पनी हुनेछ। नेपाल टेलिकमले पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याइसकेको छ भने केही समय अघि एनसेलले पनि उक्त सेवा संचालनको अनुमति पाइसकेको छ। तीनवटा कम्पनीले फोरजी सेवा संचालन गरेसँगै बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले थप सुविधा पाउने प्राधिकरणले अपेक्षा गरेको छ।

'स्मार्ट आएपछि नेपाल ब्रोडव्यान्ड सेवा थप प्रतिस्पर्धी हुनेछ,' अर्यालले भने, 'उपभोक्ताले थप सुविधा पनि पाउने छन्।'

फोरजी सेवा पाउने तेस्रो कम्पनी भए पनि स्माटले टेलिकम र एनसेलसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विस्तार भने गर्न सकेको छैन। अहिलेसम्म काठमाडौंमा एक सयभन्दा धेरै पिटिएस टावर स्थापना गरिसकेको छ। उपत्यका बाहिरी जिल्लामा समेत गरी ४ सयवटा टावर राखिसकेको छ।

स्मार्टले देशमा ३४ जिल्लामा आफ्नो सेवा पुर्‍याउँदै काठमाडौं, पोखरा, नेपालगन्ज, वीरगन्ज र चितवनमा विटिएस टावर थप गरिरहेको जनाएको छ।

प्राधिकरणले २०६५ असारदेखि ग्रामिण दूरसञ्चार अनुमति दिदै २५ जिल्लामा सेवा संचालन गर्न अनुमति पाएको स्मार्टले २०७० वैशाखदेखि एकिृत दूरसञ्चार अनुमति पत्र पाएको थियो।

प्राधिकरणको वार्षिक प्रतिवेदन २०७२/७३ का अनुसार कम्पनीको कूल ग्राहक संख्या १३ लाख ९७ हजार ५ सय २ जना रहेका छन्। कम्पनीको आर्थिक वर्ष २०७२/७३ मा भ्वाइट र डाटा गरी कुल १ अर्ब १० करोड ९३ लाख रुपैया आम्दानी गरेको थियो। यसले २०७१/७२ मा ९ करोड ५५ लाख ७२ हजार रुपैया थप लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ।

यस कम्पनीमा हाल लाल साहु होल्डिङको ५० प्रतिशत, कोस्बो इन्भेष्टमेन्टका ३० र स्वायर नेटवर्कको २० प्रतिशत शेयर रहेको छ।

मुलुकमा संचालित ६ वटा कम्पनी मध्ये स्मार्ट टेलिकम तेस्रो स्थानमा पर्छ। यि तीन कम्पनी बाहेक युनाइटेड टेलिकम, एसटिएमम र नेपाल स्याटेलाइट टेलिकम मुलुकमा संचालनमा रहेका छन्। युटिएलले पनि प्राधिकरणमा फोरजी सेवा संचालनको लागि अनुमति लिन निवेदन हालेको छ तर उसको क्षमति अपुग भएको भन्दै प्राधिकरणले अनुमति दिएको छैन।   

प्रकाशित: ११ जेष्ठ २०७४ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App