६ वैशाख २०८१ बिहीबार
राजनीति

विदेशबाट फर्केर उपप्रमुखको उम्मेदवार

गुल्मी – जिल्लाको इश्मा गाउँपालिका १ की विमला खत्री देशको बेरोजगारी समस्यादेखि दिक्क भएर वैदेशिक रोजगारीमा गएकी थिइन् । साइप्रसमा पुगेकी उनले त्यहाँ कामको राम्रै मेसो बसाइसकेकी थिइन् । तर, त्यो सबै चटक्कै छाडेर उनी स्थानीय चुनावमा उठ्न देश फर्किएकी छन्।

दोस्रो चरणको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट इश्मा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छिन् । एमालेले लक्ष्मण विष्टलाई प्रमुख र उनलाई उपप्रमुखको उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ । दुई महिनाअघि नेपाल फर्किएकी उनले त्यसयता थकाइ मार्न पाएकी छैनन् । चुनावको तयारीमा कार्यकर्ता भेटघाट र प्रचार–प्रसारमै दिन बित्ने गरेको छ उनको यतिवेला । बेरोजगारीका कारण परदेशी भूमिमा पुगेकी उनलाई हरदम देशको यही समस्याले पिरोल्ने गरेको छ । स्थानीय तहको चुनावी मैदानमा रहेकी उनले बेरोजगारी समस्यालाई नै मुख्य चुनौती देखेकी छिन्। यतिबेला चुनावको लागि घरदैलोमा व्यस्त रहेकी विमलाले देशमा राजनीतिक अस्थिरतासँगै युवा पिँढी बेरोजगारीको मारमा रहेको बताइएन । यो मार खेप्दै म आफैं विदेश गएँ उनले भनिन्, “यो सबै अन्त्य गर्नको लागि विदेशमोह त्यागेर निर्वाचनमा उम्मेदवार बन्नका लागि आएर उम्मेदवार बनेर मैदानमा छु ।”

देशमा स्थानीय तहको निर्वाचन हुने भयो भन्ने खबर विमलाले साइप्रसमा छँदै सुनेकी थिइन् । तर, यति सुन्नासाथै उनी विना आधार उम्मेदवार बन्न कस्सिएकी थिइनन्, एमालेले उनलाई यत्तिकै गाउँपालिकाको उपप्रमुखमा टिकट दिएको हो । घरदैलोको क्रममा साथ र सहयोगको बाचा पाउँदा चुनाव जित्नेमा उनी ढुक्क भएकी छन् । उनले भनिन् “महिला पनि नेतृत्वदायी भूमिकामा पुग्न सक्छन् भन्ने विश्वास म गाउँपालिकाको निर्वाचनबाट दिला्उनेछु ।” चुनावी मैदानमा रहेकी उनले “देशमा केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नु मेरो मुख्य भूमिका रहेको छ ।” गाउँपालिकाको उपप्रमुख निर्वा्चित भएमा उनले स्थानीय उत्पादनलाई बढावा दिने योजना बुनेकी छन् । त्यसबाट रोजगारी बढाउने उनको सोच रहेको छ । यस्तै, सडक, खानेपानीको सुविधा विस्तार गर्ने र अधिकारमा सबैको पहुँच पुर्याउनेमा आफनो पहलकदमी रहने उनले बताइन् ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App