१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म्यादी प्रहरीद्वारा दलित संघ उपाध्यक्षको हत्या, लिजा र जंगीले गरे खुलासा

गोदावारीको तीनघट्टेमा भेटिएको दलित संघका उपाध्यक्ष दीपक परियाको शव। इन्सेटमा उनको फोटो

ललितपुर – प्रहरीका तालिमप्राप्त कुकुरले मदिराले निम्ताएको एउटा हत्याकाण्डको पर्दाफास गरेको छ। तालिमप्राप्त प्रहरी कुकुर र लिजा र जंगीले घटनास्थलमा फेला पारेका सवुत सुँघेर हत्यामा संलग्न ब्यक्तिको बाटो पहिल्याएका हुन्।

परिसरका डिएसपी ईश्वर कार्कीले स्थानीयको सहयोगमा मृतक छम्पी बस्ने जिल्ला दलित संघका उपाध्यक्ष दिपक परियार भएको पत्ता लागेको थियो। तर हत्यामा संलग्न ब्यक्तिका बिषयमा घटनास्थलमा भेटिएका सामाग्रीले प्रहरी असमञ्जसमा परेको थियो।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मंगलबार विहान ललितपुर गोदावरी नगरपालिका–११ तिनघट्टेमा पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा छरपस्ट अवस्थामा तरकारी, रक्ताम्य भएको ढुङगा, फुटेको चस्मा र म्यादी प्रहरीको कमिज फेला परेको थियो।

परिसरका डिएसपी ईश्वर कार्कीले स्थानीयको सहयोगमा मृतक छम्पी बस्ने जिल्ला दलित संघका उपाध्यक्ष दिपक परियार भएको पत्ता लागेको थियो। तर हत्यामा संलग्न ब्यक्तिका बिषयमा घटनास्थलमा भेटिएका सामाग्रीले प्रहरी असमञ्जसमा परेको थियो।

‘हत्याको कारण र संलग्न ब्यक्तिका विषयमा घटनास्थलका सामाग्रीले हामीलाई दोधारमा पारेका थिए, तालिमप्राप्त कुकुरले बाटो पहिल्याएपछि हाम्रो अनुसन्धान एकै कोणमा केन्द्रित भयो,’ डिएसपी कार्कीले भने। उनका अनुसार हत्यामा संलग्न कुमार पाख्रिनको पहिचान हुन समय लागेन। पाख्रिन चापागाँउ वृत्तमा खटिएका म्यादी प्रहरी थिए। र घटनास्थलमा उनकै म्यादी प्रहरी पोशाक प्रहरीले फेला पारेको थियो।

अनुसन्धान अधिकारीका अनुसार सिन्धुली घरभई लामो समयदेखि छम्पी क्षेत्रमा बस्दै आएका पाख्रिन र मृतक परियारको पूर्व परिचय र दुवैलाई घटनाका दिनसँगै हिँडेको देख्ने स्थानीयको बयानले प्रहरी उनको खोजीमा जुटेको थियो।

घटना विवरणअनुसार चापागाँउ वृत्तमा खटिए पनि पाख्रिन नियमित छम्पीबाट आउँजाउगर्दै आएका थिए। घटनाका दिन उनले तरकारी किनमेल गरी घर फर्कर्नेक्रममा परियारसँग भेट भएको थियो। दुवैले साथमा स्थानीय लामा होटलमा मदिरा सेवन गरेका थिए।

‘मदिराले मातेका दुवै बाटोभरी विवाद र होहल्लागर्दै हिँडेको स्थानीयले देखेका रहेछन, परियारको पहिचान रहेपनि स्थानियले पाख्रिनलाई चिनेनन्,’ कार्कीले घटना विवरण सुनाए। उनले थपे ‘घटनास्थलमा पुगेपछि दुवैका बीचमा घम्साघम्सी भएको र आवेशमा पाख्रिनले बाटोमा भेटेको ढुङगाले परियारको टाउकोमा प्रहार गरेर भागेका थिए।’

कार्कीका अनुसार पाख्रिन छम्पी क्षेत्रमा ज्यामीकाम गर्ने गर्छन्। तर निर्वाचनका लागि म्यादी प्रहरीमा छनौट भएपछि उनको हाँउभाउ फेरिएको थियो। घटनाका दिन समेत परियार र पाख्रिनबीच हिजोको ज्यामी आजको प्रहरी भन्ने बिषयमा विवाद भएको कार्कीले बताए।

प्रहरीले पाख्रिनलाई मंगलबार साँझ भैँसेपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। हाल पाख्रिनलाई थप अनुसन्धानका लागि वृत्त चापाँगाउको हिरासतमा राखिएको छ। पाख्रिनबिरुद्ध कर्तब्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भै रहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App