८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा काँग्रेसकी शाहलाई सबैभन्दा बढी मत

काँग्रेसकी उपमेयर प्रत्यासी पार्वती शाह।

काठमाडौं—भरतपुर महानगरपालिकाको जारी मतगणनामा काँग्रेसकी उपमेयर उम्मेदवार सबैभन्दा बढी मतका साथ अग्रता लिइरहेकी छिन्। सुरुदेखि नै सबैभन्दा धेरै मत पाएर अग्रता लिइरहेकी काँग्रेसकी उमेयर उम्मेवादवार पार्वती शाह ३२ हजार ९८३ मत पाएर अगाडि छिन्। उपमेयरमा एमालेकी दिव्य शर्माको २९ हजार ३१५ मत आएको छ।

पार्वती शाहले पाएको मत उनकै पदका प्रतिस्पर्धी एवं मेयर उम्मेदवारहरुको भन्दा बढी हो।

पार्वती शाहले पाएको मत उनकै पदका प्रतिस्पर्धी एवं मेयर उम्मेदवारहरुको भन्दा बढी हो।

१५ नं. वडाको १ हजार ७०० मत गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवालीले १ हजार ६११ मतको अग्रता लिइरहेका छन्। उनी ३१ हजार २५९ मतका साथ अगाडि छन्। माओवादीकी रेणु दाहाल २९ हजार ६४८ मतका साथ एमालेका ज्ञवालीलाई पछ्याइरहेकी छिन्। भरतपुर महानगरपालिकामा काँग्रेस–माओवादीबीच चुनाबी गठबन्धन भएको छ। केन्द्रमा बनेको सहमतिअनुसार काँग्रेसले मेयरमा उम्मेवादी फिर्ता लिएको थियो।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App