७ वैशाख २०८१ शुक्रबार
प्रविधि

प्रहरीको काम अब रोबर्टले गर्ने

दुबईमा विश्वमै पहिलो पटक रोबर्ट प्रहरी निर्माण गरिएको छ । उक्त रोबर्टले  मानव प्रहरीले गर्ने सम्पूर्ण काम गर्न सक्ने निर्माण पक्षको दाबी छ । 

निर्माण पक्षका अनुसार उक्त रोबर्टले मानव प्रहरीले जस्तै शुल्क उठाउने तथा सूचनाको जानकारी दिने जस्ता कार्य गर्ने छ । 
हाल उक्त प्रहरी रोबोर्टलाई  दुबईका शपिङ मल तथा पर्यटन स्थलहरुमा खटाइएको  छ ।

मानव प्रहरीले जस्तै रोबर्टले पनि अपराधिक घटनाहरूको टिपोट तथा महसुसका साथै जरिवाना उठाउने सम्मको काम गर्ने छ । अधिकारीहरूका अनुसार रोबर्टको छातीमा लगाइएको स्क्नि टचको सहायतले सूचना बारेको  जानकारी लिन सकिने छ।

दुबई सरकारले सन् २०३० सम्ममा प्रहरी परिचालनको क्षेत्रमा २५ प्रतिशत रोबोर्टको प्रयोग गर्ने बताएको छ भने सन् २०२५ सम्ममा दुबईलाई विश्वका पाँच सुविधा सम्पन्न सहरको रुपमा विस्तार गर्ने दुबई सरकारले लक्ष्य राखेको छ ।

 

प्रकाशित: ११ जेष्ठ २०७४ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App