काठमाडौं— राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवियत्री इन्दिरा पौडेलको पहिलो कृति चेलीको वेदनाको राजधानीमा विमोचन गरेका छन्। राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो।
राष्ट्रकवि घिमिरेले औपचारिक उच्च शिक्षा नपाए पनि कवियत्री पौडेलले उत्कृष्ट कृति प्रकाशित गरेकोमा धन्यवाद दिए। आमचेलीको मर्म उजागर गर्न कृति सफल भएको राष्ट्रकवि घिमिरेको भनाइ थियो।
कृतिका समीक्षक तथा साहित्यकार डाक्टर मुकुन्दराज पथिकले कवियत्री पौडेलको कृति नेपाली साहित्यको अमूल्य निधि भएको बताए।
कवियत्री पौडेलले सबैको सहयोग पाएर मात्र आफूले कृति प्रकाशित गर्न सकेको भन्दै सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरिन्। कवियत्रीका श्रीमान् भैरव पौडेलले आफनी अर्धाङगिनीको कृतिले देशभरीका चेलीबेटीको प्रतिनिधित्व गरेको उल्लेख गरे।
प्रकाशित: ११ जेष्ठ २०७४ १२:३३ बिहीबार