coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से ४० अङ्कले बढ्याे, झण्डै २ अर्बकाे काराेबार

काठमाडौं– धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई १ हजार ७८६ बिन्दुमा पुगेको छ।

कुल १३७ कम्पनीको रु. १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

साताकाे ५ दिन दैनिक चार घन्टा कारोबार हुने गरेकाे बजारमा साेमबार बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द हुँदा कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ।

विभिन्न पाँच समूहको सेयर उकालो लागेकामा अर्को तीन वटा समूहको सेयर भने ओरालो लागेको छ। बैैंकिङ समूह २.५१ प्रतिशत बिन्दुले बढेकाे छ। त्यस्तै, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशत बिन्दुले बढेको छ भने विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ।

एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। उनका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ। रासस

प्रकाशित: ३ श्रावण २०७३ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App