coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

युएईमा बस दुर्घटना, दुई नेपालीको मृत्यु

दुर्घटना भएको बस

युएई—युएईको दुबईमा मंगलबार भएको बस दुर्घटनामा २ नेपालीको मृत्यु भएको छ। दुर्घटनाबाट १० नेपाली घाईते भएका छन्। दुर्घटना परी ज्यान गुमाउने नेपालीहरु मध्ये नुवाकोटका बासुदेव लामीछाने र चितवनका कृष्ण प्रसाद भुसाल रहेका छन्।

मृत्यु भएका नेपालीबारे अनुसन्धान भईरहेको नेपाली दुताबास युएईले जनाएको छ। उपचार गराइरहेका नेपालीहरुलाई नेपाली दुताबास युएईका द्वितीय सचिव कृष्ण अर्याल र श्रमसहचारी हिरा यादवको टोलीले अस्पताल पुगेर भेटेको छ।

मंगलबार बिहान दुबईस्थित मोहम्मद बिन जायद र शेख जायद सडक बीचमा पर्ने अल यलायिस स्ट्रीटमा १२ नेपाली सहित ४१ जना कामदार बोकेको बस दुर्घटनामा परेको थियो। दुर्घटना स्थलमै २ जना नेपालीसहित भारत, पाकिस्तान र बंगलादेशका नागरीक गरी सात जनाको मृत्यु भएको युएईका समाचार मध्यमहरुले जनाएका छन्।

बाँकी १० जना घाईते मध्ये चार जना नरेश तरामी मगर, सुन्दर ज्ञावाली, सुरेन्द्र सिंह र डेक राज मैनाली अस्पताल बाट डिस्चार्ज भईसकेको नेपाली दुताबासका द्वितीय सचिव कृष्ण अर्यालले नागरीकन्युजलाई बताए। उपचार गराइरहेकाहरु खतरामुक्त रहेको उनले बताए।

अर्यालका अनुसार झापाका हरि धिमाल, मोरङका सागर पराजुली, तनहुका धवन बाहादुर गुरुङ, चितवनका टेक प्रसाद गुरुङ, मोरङकै खेमराज कटुवल र बाराका गुनबहादुर अधिकारीको उपचार भईरहेको छ।

दुर्घटनामा परेका सबै नेपाली युएईको एक प्रख्यात सेक्युरिटी कम्पनीमार्फत एक होटलमा स्ट्रेवाडिङको रुपमा काम गर्दै आइरहेका थिए। उनीहरु सोमबार रातीको ड्युटी सकेर मंगलबार बिहान कम्पनीको कोठामा फर्कदा बसको टायर पड्किएर दुर्घटनामा भएको हो।

टायर पड्केर बस अनियन्त्रित भएपछि ड्राईभरले कन्ट्रोल गुमाउँदा बस ट्रकसँग ठोक्किन पुगेको थियो। मृत्यु भएका नेपालीबारे अनुसन्धान भईरहेको नेपाली दुताबास युएईले जनाएको छ। उपचार गराइरहेका नेपालीहरुलाई नेपाली दुताबास युएईका द्वितीय सचिव कृष्ण अर्याल र श्रमसहचारी हिरा यादवको टोलीले अस्पताल पुगेर भेटेको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App