coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा मेयर पदमा एमालेका उम्मेदवार देवि ज्ञवालीले बनाएको मतान्तरमा पनि सुधार आएको छ । १६ नम्बर वडाको मत गणना सकिदा ज्ञवाली एक हजार ७३६ मतले अगाडी छन् । वडा नं. १६ काँग्रेसको राम्रो मतआधार भएको ठाउँका रुपमा चिनिन्छ।

                मेयर पदमा अहिलेसम्म ज्ञवालीको ३५ हजार ५८८ मत आएको छ । काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादीकी रेणु दाहालको ३३ हजार ८५२ मत आएको छ। उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको ३७ हजार ४८४ मत पुगेको छ। एमालेकी दिब्य शर्मा आचार्यको ३२ हजार २९४ मत छ।

 

प्रकाशित: १२ जेष्ठ २०७४ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App