८ वैशाख २०८१ शनिबार
समाज

लेक लागेर सोलुमा विदेशीको मृत्यु

सल्लेरी (सोलुखुम्बु)-  खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको आज लेक लागेर मृत्यु भएको छ।

सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको आज बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनी म्याराथुनमा सहभागी हुन लबुजे पुगेकी थिइन्। मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उनी बिहीबार पुगेकी थिइन्। शव परीक्षणका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित: १२ जेष्ठ २०७४ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App