coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले कार्यकर्ताद्वारा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी

धरान – धरान उपमहानगरपालिकामा पार्टीले घोषणा गरेको उम्मेद्वारहरू प्रति असन्तुष्टि जनाउँदै एमालेका कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

शुक्रबार छनौट गरिएको  उम्मेद्वारहरू राम्रा नभएको र पार्टीका ठूला नेताहरूले राम्रालाई भन्दा हाम्रालाई भन्ने नियतका साथ उम्मेद्वार घोषणा गरेको भन्दै कार्यकर्ता तथा उम्मेद्वारका आकांक्षीहरूले आन्दोलन गरेका हुन् ।

शनिबार विहान सातबजेदेखि कार्यकर्ताहरू एमाले उपमहानगर कमिटीको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् । 

संभावना भएकालाई छनौट गर्नुपर्नेमा ठूला नेताहरूले मनोमानी गरेको भन्दै धरान उपमहानगर १० का  वडा अध्यक्षका आकांक्षी हर्क चुम्नेले भने, ‘नेताले भनेको मान्ने प्रवृति भएकोलाई मात्र पार्टीले टिकट दिएको छ, त्यसमा हाम्रो असन्तुष्टि छ । सही व्यक्तिले मात्र टिकट पाउनुपर्छ । जबसम्म छलफलको वातावरण बन्दैन तब सम्म हामी तालाबन्दी र धर्ना गरिरहन्छौं ।’

कार्यालयमा तालाबन्दीसँगै कार्यालय अगाडि ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ताको भिड लागेको छ ।  

प्रकाशित: १३ जेष्ठ २०७४ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App