coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बिहेअघिको ‘काउन्सिलिङ’

बिहेअघि परामर्श लिनु राम्रो हो । बिहे गर्ने सोचमा हुनुहुन्छ भने एकपटक काउन्सिलिङका लागि जानुस् । तपाईंलाई काउन्सिलिङ आवश्यक छैन भन्ने लाग्छ भने एकपटक यसका फाइदाबारे जानिराख्नुस् ।

बिहे गर्नुपर्ने कारण
काउन्सिलिङका लागि जाँदा काउन्सलरले तपाईं किन बिहे गर्न चाहनुहुन्छ भनेर प्रश्न गरे भने तपाईंको जवाफ हुनुपर्छ– एक अर्कासँग माया गर्छौं तर धेरै होइन । 

के तपाईंहरू असल मित्र हो ? एक–अर्कालाई सम्मान, भरोसा गर्नुहुन्छ ? के भावनात्मक, सेक्सुअल्ली र आर्थिक रूपमा एक–अर्काका लागि योग्य हुनुहुन्छ ? के सम्बन्धलाई लिएर तपाईंहरूको लक्ष्य एउटै छ ? काउन्सलरले गर्ने यी प्रश्नको जवाफबाट तपाईं आफू बिहेका लागि तयार छु या छैन भन्नेबारे प्रस्ट हुन सक्नुहुनेछ । 

व्यावहारिक सोच
बिहे गर्नुको अर्थ हो, अर्कै व्यक्तिसँग जीवन बिताउनु । काउन्सलरले जोडीलाई वर्तमानसँगै भविष्यबारे पनि सोच्न सकून् भनेर मद्दत गर्छन् । के तपाईं दुवैजनालाई बच्चा मन पर्छ ? तपाईंको हुनेवाला सासु–ससुरासँग तपाईंको सम्बन्ध कस्तो हुनुपर्छ ? तपाईं दुईमध्ये सबैभन्दा धेरै कसले कमाउँछ ? यस्ता विषयमा बिहेभन्दा पहिले एक–अर्काबारे जानकारी हुन आवश्यक छ । किनभने एउटा वैवाहिक सम्बन्ध राम्रो बनाउन माया–प्रेम मात्र होइन, व्यावहारिक सोच पनि आवश्यक हुन्छ । 

गम्भीर विषयमा चर्चा 
काउन्सलरले जोडीसँग सकारात्मक कुरा मात्र गर्दैनन् । कतिपय यस्ता विषयको पनि उठान गर्छन्, जसबारे मानिस कुरै गर्न चाहँदैनन् वा यसले उनीहरूलाई हैरानी बनाउँछ । तपाईंसँग कसैको केही चिज उधारो छ ? धर्मबारे तपाईंको सोच ? तपाईंको गलत बानी, जीवनका कुनै खराब घटना ? सबैभन्दा बढी डर ? यस्ता विषयले बिहेपहिले नै हुनेवाला जीवनसाथी कस्तो छ भन्नेबारे जानकारी मिल्छ । 

वैवाहिक शिक्षा
काउन्सिलिङका बेला तपाईंलाई वैवाहिक जीवनमा आउन सक्ने सामान्य कठिनाई र त्यसबाट बच्ने उपायबारे पनि बताइन्छ । साथै, विवाहका फाइदा तथा वैवाहिक जीवनलाई कसरी सफल बनाउने भन्नेबारे पनि जानकारी गराइन्छ ।
नवभारत टाइम्सबाट

प्रकाशित: १३ जेष्ठ २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App