देवप्रिया रोय
किन यति गम्भीर, अंग्रेजी साहित्यका विद्यार्थी र प्राध्यापकहरू ?
यो चर्चित आख्यान कोर्समा स्वागत छ । यो अंग्रेजीको अनर्स कोर्सका विद्यार्थीका लागि पढाइने चर्चित साहित्य कोर्सजस्तो छैन । त्यसले वर्षादको बिहानीमा हुने बौद्धिक खालका पाठहरू दिन्छ जब तिनीहरू मार्खेज वा डेरिडाबाट थकित हुन सक्छन् र ओछ्यानमा पढ्न चाहेका हुन सक्छन् । यो श्याम सेल्भादुराइको फन्नी ब्वाई वा सुभाष र दुर्गेश भ्यामको भिमायान दुवै चर्चित साहित्य कोर्समा संलग्न छन् । तर, हामीले आज अलि फरक कुरा गर्न लागेका छौँ ।
अहिलेसम्म मलाई सुनेर सहनु भएकोमा धन्यवाद । तपाईंले यदि प्यारोनोमासियालाई क्षमता दिनुभयो भने अब हामी यसको मुख्य कोर्समा आइपुगेका छौँ । यो चेतन भगतको फाइभ प्वाइन्ट समवनः ह्वाट नट टु डु एट आईआईटी समावेश भएको बारेमा हो । यो इन्डियामा पहिलोपल्ट सन् २००४ मा प्रकाशित भएको थियो, जसले यही मुलुकमा राम्रै चर्चा पाएको थियो । सभ्भवतः यसले तपाईंहरूमध्ये केहीलाई पनि आकर्षित गरेको थियो होला ।
सबै मेरो इनबक्समा नयाँ पाठ्यक्रम प्राप्त भयो, मैले अदालतले जारी गरेको सूचना जसरी यसलाई ध्यान दिएर पढँे । एक पल्ट वा दुई पल्ट पढेपछि मैले सानोसानो कुरामा धन्यवाद दिने भगवान्लाई धन्यवादका केही शब्द दिएँ । कम्तीमा यो ‘हाफ गर्लफ्रेन्ड’ थिएन । केही फरक धारणा भने यहाँ छ ।
यसले नयाँ र धेरै अंग्रेजी साहित्य नपढिने बजार भएको ठाउँमा बिस्तारै समालोचक र सम्पादकहरू ल्यायो । बजार खुल्यो । यसको श्रेय पाठकलाई पनि जान्छ जो हाम्रो उत्सुकतामा वस्तुनिष्ठ हुनुपर्छ । आफ्नो आत्मवृत्तान्त ‘अन्डर माइ स्किन’को दोस्रो अध्यायमा डोरिस लेसिङले कुनै पनि महिलाको पहिलो पुस्तक भनेको आफ्नो परिभाषा दिने लेखेकी छन् । मैले यसलाई एकेडेमीभन्दा बाहिर रहेका पुरुष लेखकहरूको पनि भएको महसुस गर्छु ।
जब हाफ गर्लफ्रेन्ड प्रकाशित भएको थियो, मैले मेरो आलोचना त्यो पुस्तकको महिला पात्र रिया सोमनीको आवाजमा लेखनलाई एउटा पत्र लेखेर व्यक्त गरेको थिएँ । त्यसको प्रस्तुतिको नतिजा बेखबर श्रीमानको ‘इगो’ थियो जसको थर भगतको हिरोको थियो र उसले स्कुले केटीहरूका तर्फबाट फेसबुकमा उनको जीवनमा चलचित्रको केही प्रभाव थियो भनेर सोधेको हुन्छ । भगतको ख्यातिसँग उनको आलोचक भन्नेहरू पनि प्रतिस्पर्धा गर्न सक्दैनन् ।
फाइभ प्वाइन्ट समवनको कृतज्ञता भागमा उत्पादन शब्दले पुस्तकलाई प्रतिस्थापन गर्छ । तपाईंलाई पक्कै पनि थाहा छ होला कि, पुस्तकलाई उत्पादन भन्नु अभिशाप हो । यो गौरक्षकलाई गाईको मासु खाने भनेजस्तो हो । अर्कोतर्फ, सन् १९९१ देखि, जब भारतले उदारवादी अर्थतन्त्रको ढोका खोल्यो र प्रतिस्पर्धा, विश्वव्यापी पुँजी र बजारको सिर्जना सुरु भयो, हाम्रो वरपरका सबै कुरा उत्पादन भए ।
यो किन महत्वपूर्ण छ ? तपाईंको अन्डर ग्राजुएट तहको अध्ययनमा, तपाईंले भगतको पुस्तक साहित्यिक स्केलमा कहाँनेर पर्छ भनेर निर्धारण गर्न पढ्नु हुनेछ । यसको महत्व भनेको तथापि यसको प्रयोग बजारको बलको प्रयोग हुन सक्छ, जसले यसका लागि मनोरञ्जन प्याकेज सिर्जना गर्नका लागि के रणनीति अपनाउन सकिन्छ भनेर समावेश गर्छ ।
ठूला फिल्म स्टुडियोहरू कसरी सञ्चालन हुन्छन् भनेर तपाईंलाई थाहा हुन सक्छ । त्यसैले, हामीले भारतको प्रकाशन इतिहासमा महत्त्वपूर्ण चिह्न लगाउनका लागि यो पाठलाई विचार गर्नेछौँ । त्यहाँ नै कथा छ । पेन्गुइन बुक्सले अस्वीकार गरेको पाण्डुलिपि रूपा एन्ड कम्पनी नामको प्रकाशन गृहले स्वीकार गरेको थियो । कापिश मेहरा जो आफ्नो बुवाको प्रकाशन गृहमा आबद्ध भएका थिए, उनले यसलाई स्वीकार गरेका हुन् । रूपा एन्ड कम्पनीको गहन वितरण सञ्जाल र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा बलियो उत्पादन बजारीकरण सीप पाएका भगतले गर्दा यो पुस्तकले बजारमा निकै सफलता पायो । भगतले इन्भेस्टमेन्ट बैंकिङमा आफ्नो बजारीकरण थप विकसित गरेका थिए । यसले गर्दा शोभा डेलाई पछाडि पा¥यो जो बेस्टसेलरको रूपमा एकीकृत राज गरेका थिए । यसले हिन्दी थ्रिलर लेख्ने सुरेन्दरमोहन पाठकको पठनलाई पनि विस्तारै पछाडि पार्यो ।
यसले नयाँ र धेरै अंग्रेजी साहित्य नपढिने बजार भएको ठाउँमा बिस्तारै समालोचक र सम्पादकहरू ल्यायो । बजार खुल्यो । यसको श्रेय पाठकलाई पनि जान्छ जो हाम्रो उत्सुकतामा वस्तुनिष्ठ हुनुपर्छ । आफ्नो आत्मवृत्तान्त ‘अन्डर माइ स्किन’को दोस्रो अध्यायमा डोरिस लेसिङले कुनै पनि महिलाको पहिलो पुस्तक भनेको आफ्नो परिभाषा दिने लेखेकी छन् । मैले यसलाई एकेडेमीभन्दा बाहिर रहेका पुरुष लेखकहरूको पनि भएको महसुस गर्छु । फाइभ प्वाइन्ट समवनमा पनि भगतले उनी मात्र नभई भारतमा रहेका अंग्रेजी साहित्य पढ्नेहरूको ठूलो हिस्सा कसरी लिए भनेर उल्लेख गरेका छन् ।
यो कोर्समा हामीले यो उपन्यासको विषवस्तुबाट समकालीन भारतमा के सिक्न सक्छौँ भन्ने कुराको उत्तर खोज्नेछौँ । साथै, असामान्य व्यावसायिक सवालहरूको विवाद नहुने तथ्यबाट के सिक्ने भनेर पनि विश्लेषण गर्नेछौँ ।
(देवप्रिया रोय भारतीय लेखक हुन् । उनले हालै सौरभ झासँग मिलेर ‘हिट एन्ड डस्ट प्रोजेक्टः दि ब्रोक कपल्ज गाइड टु भारत’ नामक पुस्तक लेखेका छन् ।)
स्क्रोल डटइनबाट अनुवाद : शिक्षा रिसाल
प्रकाशित: १३ जेष्ठ २०७४ ०७:०६ शनिबार