८ वैशाख २०८१ शनिबार
राजनीति

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

भरतपुर— भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुग्दा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। २१ नं. वडाको मतगणना भइरहँदा एमालेका देवी ज्ञवालीले ४० हजार ३४३ मतका साथ अग्रता लिइरहेका छन्। ३९ हजार ३३० मतका साथ रेणुले एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

 

तीन वडाको मतपरिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच १ हजार १३ मतको मात्र अन्तर देखिएको हो।

तीन वडाको मतपरिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच १ हजार १३ मतको मात्र अन्तर देखिएको हो।

अहिलेसम्मको तथ्यांकले मेयरमा एमाले जित उन्मुख छ। अहिले गणना भइरहेको २१ नं. वडा एवं गणना हुन बाँकी १९ र २० वडाको नतिजा यस्तै हुन्छ भनेर निर्क्योल गर्न सक्ने स्थिति छैन। मत आउने हिसाबले ती वडाहरू एमालेका लागि भन्दा गठबन्धनका लागि अनुकूल छन्। ती वडामा गठबन्धनका लागि राम्रो मत आउने अनुमान धेरैको छ।

अहिले गणना भइरहेको २१ बाहेक अरू वडा चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। चार नम्बर क्षेत्रमा कांग्रेस बलियो मानिन्छ। १८, १९ र २० वडा तत्कालीन चित्रवन नगरपालिकाअन्तर्गत थिए। साबिकको चितवन नगरपालिकामा कांग्रेसको प्रभाव क्षेत्र हो।

भरतपुरको बजार क्षेत्रभन्दा बाहिर रेणुलाई कांग्रेस मतदाताको पनि राम्रै मत आइरहेको छ। त्यसैले एमालेको डर यिनै वडामा छ। मतगणनाका क्रममा मंगलबारसम्म ज्ञवाली  दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा पुगेका थिए। माओवादी र कांग्रेसको प्रभाव रहेका पाँचवटा वडामा मतगणना सुरु भएपछि बिस्तारै मतान्तर घटेको हो।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरेका थिए। अहिले सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद भएका मत गनेर सकिँदा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुने भएको छ।

भरतपुर महानगरको मेयरका विषयमा अहिलेसम्म यसै भन्न मिल्ने अवस्था नरहे पनि उपमेयर लगभग निश्चितजस्तै भएको छ। उपमेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी  कांग्रेसकी पार्वती शाह फराकिलो मतअन्तरले अगाडि छन्। उनको ४० हजार ३६८ मत मत आएको छ। एमालेकी दिव्य शर्मा आचार्यले ३४ हजार ६३९ मत ल्याएकी छन्। त्यसैले उपमेयरमा शाह लगभग पक्काजस्तै भएकी छन्।

अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७, १८ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

 

 

प्रकाशित: १४ जेष्ठ २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App