७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

पाल्पा –  सिद्धार्थ बैंकको ७२ औं शाखा जिल्ला सदरमुकाम तानसेनमा खुलेको छ । बैंकका सञ्चालक महेश पोखरेल र भगत विष्टले शाखाको आइतबार उद्घाटन गरेका हुन् । 

शाखा उद्घाटन गर्दै बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले विद्यमान व्यापार र उद्यमशीलतालाई बढावा दिन शाखा खोलिएको बताए । उनी भन्छन्, ‘कर्जाको कारण सिर्जनशीलताबाट वञ्चित हुनुपर्ने छैन । शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार कर्जाहरु प्रवाह गर्नेछौं ।’ धेरै बैंकले शहर केन्द्रित कारोबार गरिरहेको अवस्थामा आफूहरुले जिल्लाको ग्रामीण भेगमा पुगेर शाखा रहित बैंकिङ्ग कारोबार गर्ने बस्यालले बताए ।

बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै सिद्धार्थले शाखा विस्तार सुरु गरिरहेको शाखा प्रबन्धक माधव बेल्वासेले बताए । १७ औं वाणिज्य बैंकको रुपमा स्थापना भएको यस बैंकमा ७५ अरब २७ करोड निक्षेप संकलन रहेको छ । जसको कर्जा प्रवाह ६६ अर्ब २६ करोड रहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रहेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गरेको बताईएको छ । बैंकका २ एक्स्टेन्सन काउन्टर, ८८ एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र सञ्चालनमा छन् । 

प्रकाशित: १४ जेष्ठ २०७४ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App