७ वैशाख २०८१ शुक्रबार
राजनीति

साझा पार्टीद्वारा नवनिर्वाचित मेयर–उपमेयरलाई शुभकामना

काठमाडौँ – रविन्द्र मिश्रको संयोजकत्वमा रहेको साझा पार्टीले काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिँदै साझा पार्टी जनताको विकल्पको पार्टी रहेको तर्क गरेको छ ।

आइतबार एक विज्ञप्ती निकाल्दै साझा पार्टीले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा साझा पार्टीलाई मतदान गर्ने सम्पूर्ण जनता र सहयाेगीहरूलाई धन्यवाद ज्ञापन गरेको हो । 

विज्ञप्तीमा जनताले भर्खरै मात्र स्थापित भएको पार्टीलाई मतदान गरी चौथो स्थानमा पुर्याउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रुपमा लिएको उल्लेख गरिएको छ । 

त्यसैगरी साझाले काठमाडौँ महानगरपालिकामा मेयर तथा उपमेयरमा निर्वाचित भएका एमालेका विद्यासुन्दर शाक्य र काँग्रेसकी हरिप्रभा खड्गीलाई बधाई तथा शुभकामना दिनुका साथै उनीहरूको नेतृत्वमा देशको राजधानी शहरको सपना पूरा होस भन्ने कामना समेत गरेको छ । 

साझाले काठमाडौँमा मेयरका लागि किशोर थापा र उपमेयरमा निरुपमा यादवलाई उठाएको थियो । उनीहरुले चौथो र तेश्रो स्थान हासिल गरेका छन् । 

प्रकाशित: १४ जेष्ठ २०७४ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App