१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोश्रो चरणको निर्वाचनका लागि सेना परिचालन गरिने

गौशाला – आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ । 

यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली सेनाको शिविर स्थापना गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रजिअ वीरेन्द्र यादवले बताए । 

उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल गणबाट नेपाली सेनाका पाँच टुकडीलाई जिल्लाको प्रत्येक क्षेत्र समेट्ने गरी खोपी, खुट्टा, साँढा, पिपरा गाउँ र गौशाला नगरपालिकामा शिविर स्थापना गरेर निर्वाचनमा विशेष सुरक्षाको जिम्मेवारी दिँदै खटाइएको हो । 

फस्ट रैफल गण जलेश्वरबाट खोपी गाउँमा एक सय १०, खुट्टा गाउँमा एक सय १०, गौशाला नगरपालिकामा एक सय १०, साँढा गाउँमा ९६ र गणले जलेश्वरबाटै हेर्ने गरी पिपरा गाउँमा एक सय १० जना नेपाली सैनिकलाई खटाइएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए । 

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका क्षेत्रभित्र पर्ने प्रत्येक मतदान केन्द्रमा सेनाले सुरक्षाका साथ निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रअिज यादवले बताए । उनका अनुसार निर्वाचन अवधिभर नेपाली सेना जिल्लाको प्रत्येक गाउँ ठाउँमा खट्ने तथा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भइसकेपछि मात्र गणमा फर्कने छ । रासस 

प्रकाशित: १४ जेष्ठ २०७४ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App