coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फास्ट ट्रयाकको शिलन्यास गर्दै प्रधानमन्त्रीले भने: हिमाल,पहाड र तराई जोड्दै छौं

बारा- प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।

आइतबार निजगढमा फास्ट ट्रयाकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले विकास निर्माण र भावनात्मक रुपमा देशका पहाडी, हिमाली र तराई–मधेशमा बसोबास गर्ने जनतालाई जोडने काममा सरकार लागेको बताए।

पहिलेका सरकारले देशलाई दुई कित्तामा उभ्याएको बताउँदै उनले आफू प्रधानमन्त्री भएपछि हिमाल, पहाड र तराईलाई जोड्ने काममा लागेको बताए।  मधेशवादी दलहरुका माग सम्बोधन गरेरे स्थानीय तहको चुनावमा भाग लिने वातावरण बनाइने दाहालको भनाई छ।

फास्ट ट्रयाकले राजधानीसँग तराई मधेशका जिल्लाहरुको दुरी घटाउनुको साथ साथै पहाडी र मधेशी समुदाय बीचको भावनात्मक सम्बन्धमा राम्रो प्रभाव पार्ने दाहालले बताए।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर शिलान्यास गरिएको फास्ट ट्रयाक स्वदेशी लगानी मै नेपाली सेनाको जनशक्ति प्रयोग गरि निर्माण हुने दाहालले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकारले फास्ट ट्रयाकको विरोधी रहेको हल्ला फैलाउने राजनीतिक दल र समूहलाई पाठ सिकाउनकै लागि यसको निर्माण कार्यलाई प्राथमिकतामा राखेर सेनाको जिम्मा लगाइएको बताए।

रक्षामन्त्री बालकृष्ण खाँडले कार्यक्रममा सेनाले निर्माण गर्न जिम्मा पाएको फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि यसले देशका दुई भागलाई मात्र नभएर दुई छिमेकी देशलाई समेत जोडने बताए।

एक खर्ब १२ अर्ब अनुमानित लागत रहेको ७६.२ किलोमीटरको फास्ट ट्रयाक निर्माण भएपछि यसले सम्पूर्ण देश विकासमा ठूलो मद्दत पुग्ने बताइएको छ।

फास्ट ट्रयाक निर्माण भै सकेपछि उत्तरी छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत बीचमा समेत यसले व्यापार व्यवसाय बढाउने र यसबाट नेपालले बढी लाभ लिन सक्ने समभावना रहेको खाँडले बताए।

प्रकाशित: १४ जेष्ठ २०७४ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App