७ वैशाख २०८१ शुक्रबार
कला

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

काठमाडौं–विदेशमा बस्ने नेपालीलाई केन्द्रित गरेर हाम्रो मुभि डटकमले नयाँ र पुराना नेपाली फिल्महरुलाई अनलाइनमार्फत ३० दिने विशेष प्याकेज सुरु गरेको छ। यसअन्तर्गत ५ डलर ९९ सेन्टको प्योकजको सुरुवाती ३० दिन प्रयोगकर्ताहरुले निःशुल्क सेवा प्रयोग गर्न पाउनेछन्।

हाम्रो मुभि डटकममा युट्युवमा नराखिएका नयाँ पुराना फिल्महरु राखिएका छन्। विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरेर यसअघि मासिक ५ डलर ९९ सेन्टमा फिल्म हेर्ने सुविधा थियो। 'विशेष प्याकेजअन्तर्गत सुरुवाती ३० दिनका लागि निःशुल्क फिल्म हेर्न सकिने व्यवस्था गरेका हौं,’हाम्रो मुभि डटकमका प्रताप श्रेष्ठले भने,‘नेपाली फिल्मको बढ्दो मोहलाई अझै वृद्धि गरी नेपाली भाषा, संस्कृति र नेपालीबीचको एकतालाई बढाउनमा हाम्रो मुभि डटकमले राम्रो भूमिका निर्वाह गर्नेछ।’

डेबिट, प्रिपेड र क्रेडिट कार्डको प्रयोग गरेर संसारभर रहेका नेपाली दर्शकहरु ग्राहक बन्न हाम्रो मुभिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालभित्र रहेका प्रयोगकर्ताहरुले एससिटी एनपे र इसेवामार्फत यो सुविधा लिन सक्नेछन्। हाल ५० हजारभन्दा बढी प्रयोगकर्ताले हाम्रो मुभि डटकममार्फत प्रत्यक्ष नेपाली फिल्म हेरिरहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७४ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App