८ वैशाख २०८१ शनिबार
कला

बालबालिकालाई अन्जुको सहयोग

काठमाडौं- गायिका अन्जुले आफ्नै नामको संस्था अन्जु पन्त फाउन्डेसनमार्फत  काठमाडौंको बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका २२५ बालबालिकालाई पाठ्य सामग्री हस्तान्तरण गरेकी छिन्। शनिबार बस्तीबीचमा रहेको जागरण प्रि प्राइमरी स्कुलको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा उनले बालबालिकालाई स्कुल ब्याग तथा कपि कलम प्रदान गरेकी थिइन्। 

कार्यक्रममा अन्जुले बालबालिकालाई आफ्ना थुप्रै चर्चित गीत सुनाएकी थिइन्। 'म यस्तो गीत गाउँछु', 'मैले तिमीलाई मन पराको अवस्था हो' जस्ता गीत गाउँदा बालबालिकाले पनि सँगै गाएर अन्जुलाई साथ दिएका थिए। 

प्राथमिक स्तरमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरी गरिएको कार्यक्रममा स्थानीय अभिभावकको पनि उल्लेख्य उपस्थिति रहेको थियो। यसरी एक चर्चित गायिकाबाट आफ्ना नानीले सहयोग प्राप्त गर्न सकेकोमा स्थानीय अभिभावकहरूले खुशी  व्यक्त गरेका थिए।

गायिका अन्जु पन्तले आफूले बाल्यकालदेखि नै अरुको दुःख देख्न नसक्ने, आवश्यकतामा परेकाको निम्ति आफ्नो गाँस काटेर पनि दिने गरेकाले अब संस्थागत रूपमा नै समाजसेवामा लाग्नका लागि फाउन्डेसन सुरु गरेको बताइन्। उनले फाउन्डेसनले बालबालिका, महिला र मानव बेचविखनको क्षेत्रमा काम गर्ने जानकारी गराइन्।  कार्यक्रममा चर्चित संगीतकार अर्जुन पोखरेल, समाजसेवी थिर के.सी. लगायतका व्यक्तित्वको उपस्थिति थियो।

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App