१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

तुलसीपुर(दाङ)-  आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् ।

प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो सञ्जीवनी र प्रकाश डाँगी रेडियो तुलसीपुरमा कार्यरत छन् ।

श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा, डिसी तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य र डाँगी दङ्गीशरण गाउँपालिका–२ को वडा सदस्यमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

त्यसैगरी एमालेबाट तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा पत्रकार सङ्गीत बस्याल र सोही उपनगरपालिका–६ को वडा सदस्य पदमा दुर्जमान भण्डारी चुनावी प्रतिपर्धामा रहेका छन्। दुवैजना रेडियो प्रकृति एमफम, तुलसीपुरमा कार्यरत छन् ।

रेडियो प्रकृतिका स्टेसन म्यानेजरसमेत रहेका बस्यालले यसअघि नै पत्रकारिता त्यागेको घोषणा गरिसकेका छन् भने अन्य चारजनाले भने पत्रकारिता त्यागेको औपचारिक घोषणा गरेका छन्।

दलहरुले उम्मेदवार बनाएका पत्रकारहरु अहिले आ–आफ्नो पक्षमा मत माग्न मतदातासँग पुगेका छन् । उनीहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन्। रासस

 

प्रकाशित: १५ जेष्ठ २०७४ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App