coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान गर्न छानविन टोली आजै भरतपुर जाने

काठमाडौं- निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।

आयोगले सह-महान्याधिवक्ता गीताप्रसाद तिमिल्सीनाको संयोजकत्वमा तीन सदस्यीय छनविन समिति गठन गरेको हो। आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माका अनुसार गृहमन्त्रालयका सहसचिव र प्रहरी नायव महानिरीक्षक सदस्य रहेका छन्। उनका अनुसार समितिले १७ गते भित्र छानविन तथा अनुगमन प्रतिवेदन पेश गरिसक्ने छ। छानविन समिति आजनै भरतपुर जाने बताए।

भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा आइतबार मतपत्र च्यातिएको थियो। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले दुईजनालाई समाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७४ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App