coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंका मेयर उम्मेदवारलाई १ मतदेखि ६४९१३ सम्म

काठमाडौं- काठमाडौं महानगरपालिकाको चुनावी मैदानमा उत्रिएका मेयरका उम्मेरदारले १ देखि ६४ हजार ९ सय १३ सम्म मत प्राप्त गरेका छन्।

चुनावी मैदानमा उत्रिएका २८ जनामध्ये स्वतन्त्र उम्मेदवार भगवान गिरीले एक मतमात्रै ल्याएका छन्। उनको चुनाव चिह्न सुटकेस थियो। त्यसैगरी सबैभन्दा बढी ६४ हजार ९ सय १३ मत ल्याएर नेकपा एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भए।

महानगरपालिकामा निर्वाचन आयोगमा दर्ता भएका दलबाट १० र स्वतन्त्रबाट १८ जना उम्मेदवार मेयरका लागि चुनावी मैदानमा थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार १७ जना उम्मेरदारले एक सयभन्दा कम मत ल्याएका छन् । कम मत ल्याउनेमा अधिकांश स्वतन्त्र उम्मेदवार छन् । पार्टीबाट उठेका केही उम्मेदवारले पनि आफ्नो पक्षमा सय मत पुर्‍याउन सकेनन् ।

कसले कति मत ल्याए:

विद्यासुन्दर शाक्य (एमाले):    ६४,९१३ (विजयी)

राजुराज जोशी (कांग्रेस):      ४५,२६९

रञ्जु दर्शना (विवेकशील नेपाली दल):  २३,४३९

किशोर थापा (साझा पार्टी):   १८,४९६

सर्वोत्तम दास डंगोल (माओवादी केन्द्र): ७,९०६

पवित्र वज्राचार्य (संघीयसमाजवादी–नयाँ शक्ति गठबन्धन):     ६,०५०

कुलनारायण डंगोल (नेपाल मजदुर किसान पार्टी ):    २६६

गोर्की प्र्रसाद श्रेष्ठ (स्वतन्त्र):   १६४

उषाकुमार टिवरेवाला (माले):   १४९

निर्मलकुमार थापा (राष्ट्रिय जनमोर्चा):  १३१

शिवहरि रिजाल (फोरम लोकतान्त्रिक): ११८

बच्पनराज श्रेष्ठ (नेकपा संयुक्त): ६७

अमोत महर्जन (स्वतन्त्र):     ४३

दिनेश शाही (स्वतन्त्र): ४२

सुशीला बेघा (स्वतन्त्र): ३६

लक्ष्मीप्रसाद भण्डारी (स्वतन्त्र): ३६

डवबहादुर पुन मगर (राष्ट्रिय जनशक्ति पार्टी):   ३५

नवराज कार्की (स्वतन्त्र):      २१

भरतबहादुर बिसुराल (स्वतन्त्र):        १९

नेत्रबहादुर लिम्बू (स्वतन्त्र):   १५

विदुरप्रसाद घिमिरे (चुरे भावर):        १४

अनिलमान श्रेष्ठ (स्वतन्त्र):    १३

ज्ञानु लामा (स्वतन्त्र): १३

पुरुषोत्तम दंगाल (स्वतन्त्र)    १०

सुरेन्द्रप्रसाद ढकाल (स्वतन्त्र): ८

राधा बेलबासे (स्वतन्त्र):      ६

विनोदकुमार क्षत्री (स्वतन्त्र):  ५

भगवान गिरी (स्वतन्त्र):      १

 

प्रकाशित: १५ जेष्ठ २०७४ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App