coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कान्समा 'दि स्क्वायर' उत्कृष्ट फिल्म

फ्रान्स- कलाको विश्वलाई व्यंग्य गरेर निर्माण गरिएको स्वीडिस फिल्म 'दि स्क्वायर'ले फ्रान्समा भएको ७० औं संस्करणको 'कान्स फिल्म फेस्टिबल'मा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। फेस्टिभलमा प्रदान गरिने 'पाम डि ओर' अवार्डका लागि १९ फिल्मबीच भएको प्रतिष्पर्धामा यो फिल्म उत्कृष्ट बनेको हो।

रुबेन ओष्टलन्डनले लेखन तथा निर्देशन गरेको यो फिल्मलाई समीक्षकहरुले 'हाई वार सिनेमा' भनेका छन्। दुई घण्टा २२ मिनेटको यो फिल्मले कमेडी र थि्रलर दुवै फ्लेबर प्रस्तुत गरेको छ। फिल्मले एउटा संग्रहालयको सहयोगका लागि आयोजना गरिएको डिनर कार्यक्रममा एक कलाकारले टेबल टेबल पुगी त्यहाँ बस्ने व्यक्तिहरुलाई चुम्बन गरेपछि आउने विभिन्न घटनालाई प्रस्तुत गरेको छ।

फेस्टिबलका निर्णायक समितिका संयोजक स्पेनिश फिल्मकर्मी पेड्रो आल्मोडोभारले फिल्मलाई 'राजनीति सहेको तानाशाही' भनी व्याख्या गरेका छन्। जुरीमा हलिउड स्टार विल स्मिथ र जेसिका चेस्टेनसहित ९ सदस्य थिए। 'यति गम्भीर विषयलाई सुन्दर रुपमा फिल्ममा प्रस्तुत गरिएको छ, जुन आफैमा निकै रमाइलो छ ' उनले भने।

फेस्भिलमा सन् १९८०मा  एड्सबारे चेतना जगाउने एक अभियन्ताको कथा प्रस्तुत गरिएको फिल्म 'बिपिएम(बीट पर मिनेट)'ले दोस्रो पुरस्कार पायो। फिल्म 'दि बिगुइलेड'का लागि निर्देशक सोफिया कोपोलाले ' उत्कृष्ट निर्देशक ' अवार्ड पाइन्। यो फिल्मले अमेरिकन युद्धमा घाइते भएका एक सैनिक र उसलाई संरक्षण दिएका महिला र युवतीको यौन सम्बन्धलाई प्रस्तुत गरेको छ। जुरीले सोफियालाई यो अवार्ड जित्ने पहिलो महिला भनेका छन्।

'उत्कृष्ट अभिनेत्री'को अवार्ड जर्मन फिल्म ' इन द फेड'का लागि डियाने क्रुगेरले जितिन्। यो फिल्ममा बम आक्रमणमा पति र छोरा गुमाएपछि एक महिलाले पुरानै अवस्थामा फर्कन गरेको संघर्षलाई देखाइएको छ।

अभिनेता जोआक्विन फोनिक्सले फिल्म 'यु वेर नेभर रियल्ली हियर'का लागि 'बेष्ट एक्टर' अवार्ड पाए। भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लीक्सका दुई फिल्म फेस्टिबलमा प्रतिष्पर्धी भए पनि ती फिल्मले कुनै अवार्ड पाएनन्।

फेस्टिबलमा 'बेष्ट स्त्रि्कनप्ले' अवार्ड फिल्म 'दि किलिङ अफ ए स्कार्ड डियर'का लागि युरगोस लान्थिमोस र इफ्थीमिस फिलिपोउ तथा 'यु वेर नेभर रियल्ली हियर'का लागि लेनी रामसेले संयुक्त रुपमा पाए। त्यस्तै फिल्म 'क्यामरा डी ओर(बेष्ट डेब्युट फिल्म)' लिओनर सेराली र 'सर्ट फिल्म प्राइज' फिल्म 'ए जेन्टल नाइट'का लागि क्वि याङले पाए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App