८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

दुर्घटनाग्रस्त सेनाको कार्गो जहाज। तस्विर सौजन्यः खेम कार्की

नेपालगञ्ज— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए।

नागरिकन्युजसँग कुरा गर्दै, उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’
कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो।

दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। नागरिकन्युजसँग कुरा गर्दै, उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’

दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App