७ वैशाख २०८१ शुक्रबार
राजनीति

दोश्रो चरणको निर्वाचन असार १४ गते

काठमाडौँ – स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेलाई सारिएको छ ।  यस अघि जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गतेलाई सारिएको थियो । 

९ गते मुस्लिम समुदायको  पर्व रमजान परेकोले उक्त पर्वलाई मध्येनजर गर्दै बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचन असार १४ मा गर्ने निर्णय गरेको हो । 

पहिलो चरणको निर्वाचन भने वैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा प्रदेश नं ३,४ र ६ मा निर्वाचन भएको थियो भने दोश्रो चरणमा १, २, ५ र ७ मा हुँदैछ। 

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App