coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जब एन ए ०४८ जहाज जमिनमा बजारिँदै उत्तानो पर्‍यो

बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको सेनाको स्काइट्रक जहाज।

काठमाडौं— सिमकोट विमानस्थलमा १० नटभन्दा बढी वायुको बेग भएपछि विमान बस्न सक्दैनन्। सुर्खेतबाट सिमकोटका लागि उडेको सीता एअरको एउटा जहाज र गोमा एअरका दुई जहाज मंगलबार ‘भर्जिन पास’बाटै ‘डाइभर्ट’ भएका थिए। सीताको जहाज बाजुराको कोल्टी विमानस्थलमा फर्कियो भने गोमाका दुई जहाज नेपालगञ्ज।

सिमकोटमा रहेका निजी हेलिकोप्टरका लागि समेत यो जहाजले ड्रममा इन्धन राखेर ढुवानी गर्दै आएको थियो। अन्य निजी कम्पनीले भने इन्जिनमा अट्नेबाहेक ड्रम वा ब्यारलमा यसरी इन्धन ढुवानी गर्न पाउँदैनन्।

यसैबीच सिमकोटका लागि उडेको नेपाली सेनाको एन ए ०४८ जहाज सिमकोट विमानस्थल बन्द भएको जानकारी पाएपछि बाजुरा डाइभर्ट भएको थियो। जहाज उडानको यो प्रक्रिया नियालिरहेका उड्डयन क्षेत्रका एक विज्ञका अनुसार, सेनाको जहाजले ‘डाइभर्टिङ टु सुर्खेत’ भनेर रिपोर्ट गरेको थियो। तर सेनाको सुर्खेत बेससँग कुरा भएपछि उसले बोकेको चामल बाजुरामै ‘ड्रप’ गरेर भोलि (बुधबार) सिमकोट जाने जनाउ दिएको थियो। जहाजका पाइलटले जहाज बाजुरामै ल्यान्ड गर्ने जनाउ दिएका थिए।

सीताको जहाज बाजुरामा सफल ल्यान्डिङ गरी सिमकोट विमानस्थल खुल्ने प्रतीक्षामा थियो। सेनाको जहाजले बाजुराको धावनमार्गमा आउँदा धावनमार्गको सुरुवाती बिन्दु ‘थ्रेस होल्ड’ भन्दा ६० प्रतिशत अगाडि धावनमार्गको इन्टर सेक्सन (रन्वेबाट पार्किङ जाने बाटो छोएको थियो। जहाजको ‘टच डाउन’ गर्ने सुरुवाती बिन्दुबाट अगाडि बढिसकेपछि उग्र बेगमा रहेको जहाजलाई धावन मार्ग पुग्दैन। त्यसमा पनि यो जहाज बीच रेखाबाट दायाँतिर लागेको थियो।

प्रत्यक्षदर्शीका अनुसार, हुत्तिएको अवस्थामा जहाजले धावन मार्गमा पार्किङ गरिराखेको सीता एअरको जहाजलाई १०–१२ फिटको दूरीले झन्डै ठोक्कर दिएको थियो। गलत ल्यान्डिङ गरेको आभास भएपछि क्याप्टेन कैलाश गुरुङले यसलाई पुनः उडाउने प्रयत्न गर्दा धावनमार्ग बाहिर रहेको बिजुलीको तारमा जहाजको ल्यान्ड्रिगियर अल्झ्यो। त्यसपछि जहाज उत्तानो परेर जमिनमा बजारिन पुग्यो।

सेनाको यो जहाजले निर्वाचनका लागि आश्यक सामग्री ओसारपसार गर्नुका साथै सुर्खेतबाट हुम्ला, मुगु, जुम्ला आदि स्थानका लागि चामललगायत ढुवानी गर्दै आएको थियो। सिमकोटमा रहेका निजी हेलिकोप्टरका लागि समेत यो जहाजले ड्रममा इन्धन राखेर ढुवानी गर्दै आएको थियो। अन्य निजी कम्पनीले भने इन्जिनमा अट्नेबाहेक ड्रम वा ब्यारलमा यसरी इन्धन ढुवानी गर्न पाउँदैनन्।

नेपाली सेनाको जहाजलाई भने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम लागू हुँदैन। स्रोतका अनुसार क्याप्टेन गुरुङ ८ वर्षपछि पहिलोपटक बाजुरा विमानस्थलमा अवतरण गराउने प्रयत्नमा थिए। नागरिक उड्डय नियमअनुसार यस्ता स्टल एअरफिल्डमा एक वर्षभन्दा बढी समय अवतरण नगराएको भए प्रशिक्षक पाइलटको निगरानीमा सफल उडान गराएर मात्र अवतरण गराउने अनुमति दिइन्छ। तर सेनाको हकमा भने यस्तो आधारभूत हवाई सुरक्षा नियमको ठाडै बेवास्ता गरिन्छ।

विज्ञहरूका अनुसार, अझ उक्त जहाजले सधैंजस्तो इन्धनसमेत लिएर उडेको भए ठूलै विस्फोटको सामना गर्नुपर्ने थियो । संयोगले जहाजमा खाद्यसामग्री मात्र थियो।

यो पनि

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App