८ वैशाख २०८१ शनिबार
राजनीति

महानगरको फोहोर सूर्योदय अगावै उठाइने

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज (बिहीबार)देखि सूर्योदयअगावै फोहोर उठाउने भएको छ। नवनिर्वाचित मेयर तथा उपमेयरले बुधवार अपरान्हमा पदवहाली गरेसँगै बिहीबारबाटै लागू हुनेगरी यस्तो निर्णय गरेका हुन्।

मेयरमा विद्या सुन्दर शाक्य र उपमेयरमा हरिप्रभा खड्गीले पदवहाली गरेसँगै नगर कार्यापालिका बैठक बसेको थियो। बैठकले ११ बुँदे निर्णय गरेको हो।

बोर्ड बैठकअघि नै पदवहाली गर्दापनि मेयर शाक्यले ‘क्लिन काठमाडौं’को फाइलमा हस्तक्षर गरेका थिए। त्यसैगरी उपमेयर खड्गीले काठमाडौं महानगरपालिकाको वेबसाइड अपग्रेड गर्दै पदबहाली गरेकी थिईन्।

मेयर शाक्यले हस्तक्षर गरेको क्लिन काठमाडौं फाइलमा महानगरलाई सफा, स्वच्छ बनाउने उल्लेख छ। सोही अनुसार बिहीबारबाटै सूर्योदय अगावै फोहोर उठाउन लागिएको महानगरपालिकाले जनायो । ‘बिहीबारबाट सूर्योदय अगावै फोहोर उठाइनेछ,’ मेयर शाक्यले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘फोहोर उठाउने कार्यसँगै क्लिन काठमाडौं शुरु हुनेछ ।’ उनका अनुसार क्लिन काठमाडौं अन्तर्गत आजबाटै सडक, सडकपेटीको धुलो समेत बढारिने छ। बढारेको धुलो तत्कालै उठाएर गाडी गुड्दा धुलोको कमी गराइने शाक्यले बताए। एकपछि अर्को क्रमशः काम गर्दै स्वच्छ र सफा काठमाडौं बनाईने उनको भनाई छ। काठमाडौंलाई स्वच्छ र सफा बनाउनको लागि पदवहाली अगावै कार्यालयको प्रांगणमा एक एक वटा रुद्राक्षको विरुवा समेत रोपेका थिए । विरुवा रोपेर पदवहाली गर्नुलाई स्वच्छ काठमाडौं बनाउने संकेतको रहेको बताईको छ ।

पहिलो बैठाकले ७५ वर्षमाथिका महिला र ८० वर्षमाथिका पुरुष जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने, महानगरपालिकाको सेवा चुस्त दुरुस्त राख्ने, भूकम्पपीडितको भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको निर्णय गरेका छन्।

त्यसैगरी मेयर शाक्यले महानगरपालिकाको सरकारी कामकाजको भाषाको रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने जनाएका छन्। संयुक्त राष्ट संघका नेपालको पहिचानका रुपमा सूचिकृत भएको रञ्जना लिपीलाई समेत कार्यालयको बोर्ड र लेटरप्याडमा प्रयोग गर्ने निर्णय गरेका छन्।

महानगरपालिकाका महत्वपूर्ण क्षेत्रमा फ्रि वाइफाईको व्यवस्थासँगै  आवश्यक ठाउँमा शौचालय बनाउने कार्य तत्काल थालनी गर्ने निर्णय भएको छ । त्यसैगरी काठमाडौंमा २४ सै घण्टा जिवित राख्नको लागि पूर्वधारको विकास थालिने जनाएको छ । महानगरपालिकाको कार्यालय खडा गर्ने सँगै वडा कार्यालय पनि व्यवस्था गर्ने प्राथमिकतामा परेको निर्णयमा उल्लेख छ।

त्यसैगरी ३२ वटै वडाका वडाध्याक्षको पनि सपथग्रहण तथा पदबहाली भएको छ । मेयर, उपमेयरसँगै

काठमाडौं महानगरपालिकाको पहिलो निर्णय

१)     बार्षिक १२ हजार वृद्धभक्ता

२)    क्लिन काठमाडौं

३)    सूर्योदय अगावै फोहोर उठाउने

४)    भूकम्पपीडितको नक्सा पास निशुल्क

५)    नेपाली र नेपाल भाषालाई कामकाजीको भाषा

६)    महत्वपूर्ण सार्वजनिक स्थलमा फ्रि वाइफाइ

७)    महानगरको भवन तथा वडा कार्यालयको भवन निर्माण

८)    सार्वजनिक शौचालय निर्माण

९)    महानगरलाई जिवन्त शहरमा विकास

 

प्रकाशित: १७ जेष्ठ २०७४ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App