coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

टेक्सासमा युनाइटेड नेपलिज् कन्भेन्सन सम्पन्न

टेक्सास – अमेरिकामा रहेका युवालाई अमेरिकी परिवेशमा समाहित गराउने उद्देश्यसहित युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा सम्पन्न भएको छ।

कार्यक्रममा अमेरिकामा रहेका नेपाली युवा तथा बालबालिकाहरुका लागि पाउने अवसरहरुको संभावना, राजनीतिमा आवद्धता र अमेरिकामा पाउनसक्ने अवसरहरुको बारेमा जानकारी दिने, फेसन सो, क्वीज कन्टेष्ट, ट्यालेन्ट सो, कल्चरल कार्यक्रम, फुटबल, भलिबल, बास्केटबल प्रतियोगिताहरु आयोजना गरिएको थियो । साथै दुई दिनसम्म  विभिन्न कार्यपत्र र विषयबस्तुहरुमाथि छलफल गरिएको एसोसियसनका अध्यक्ष पासाड लामाले बताए ।

कार्यक्रमको प्रमुख अतिथि टेक्सासका अरबिड् सिटी मेयर रिक स्टोफर्डले गरेका थिए कार्यक्रमको उद्घाटन पछि बोल्दै आफ्नो नगरमा रहेकामध्ये केही प्रतिशत नेपालीहरु मतदाताका रुपमा रहेकोमा प्रसंशा गर्दै नेपाली समुदायले गर्ने हरेक कार्यक्रमहरुमा सहयोगी भुमिका निर्वाह गर्ने बताए । त्यस्तै उनले ६ देखि १० वर्षको बीचमा अर्भिंगमा नेपालीहरुको उल्लेख्य उपस्थिति भएको धारणा व्यक्त गर्दै नेपाली समुदाय इमान्दार, परिश्रमी, शान्तिप्रिय भएको आफुले पाएको बताए । 

डालस नजिकैको शहर कोपेलस्थित होटेल फोर पोइन्ट्स शेराटनमा सम्पन्न उक्त  कार्यक्रममा एसोसिएसनका अध्यक्ष लामाले युवा नै हरेक समुदाय र राष्ट्रको भविस्य रहेको उल्लेख गर्दै युवाहरुको वृद्धी विकासमा लगानी गर्न हात कमाउन नहुने धारणा व्यक्त गरेका थिए । 

उद्घाटन कार्यक्रममा सियाटलका लागि नेपाली वाणिज्यदूत एसी शेर्पाले यूएनएद्वारा आयोजित कार्यक्रमले टेक्सासमा रहेका नेपाली समुदायका युवा तथा बालबालिकाहरुका लागि निकै फलदायी हुने दावी गर्दै यस्ता कार्यक्रमहरु अमेरिकाका अन्य नेपाली बसोबास रहेका स्थानमा पनि उत्तिकै जरुरी रहेको बताए । उनले अमेरिकामा हरेक सुविधा उपभोग गर्न सफल भए पनि आफ्नो मातृभूमिको ऋण तिर्न भने बाँकी रहेको बताए ।

कार्यक्रम लागि नेपालबाट क्रिकेटर पारस खड्का, नायिका नन्दिता केसी, पुर्व मिस अर्थ भिजे नग्मा श्रेष्ठ, चर्चित गायक हेमन्त राना सहभागी भएका थिए भने कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पाख्रेल, अध्यक्ष उम्मेदवार गौरी जोशी, क्लोराडोका व्यवसायी पेम्वा शेर्पा, काँग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समिति केन्द्रीय सदस्य हरिबोल भण्डारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ठ हुनेलाई ३ हजार २ हजार र एकहजार डलर राशीको नगद पुरस्कार वितरण गरियो । युएनको दोश्रो सम्मेलनमा खेलकुदहरुमा बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भएका थिए । 

प्रकाशित: १८ जेष्ठ २०७४ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App