६ वैशाख २०८१ बिहीबार
कला

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

फोटो पत्रकार दिपेश श्रेष्ठ

काठमाडौं—फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीलाई 'रंगिन नेपाल' थिम दिइएको छ।

प्रदर्शनीमा काठमाडौं र देशका विभिन्न स्थानमा खिचिएका ३५ फोटोहरु राखिने आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ। प्रदर्शनी जेठ १९ देखि २१ गते सम्म ३ दिनसम्म चल्नेछ।

प्रदर्शनीमा काठमाडौं र देशका विभिन्न स्थानमा खिचिएका ३५ फोटोहरु राखिने आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ। प्रदर्शनी जेठ १९ देखि २१ गतेसम्म ३ दिनसम्म चल्नेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले गत फेब्रुअरी महिनादेखि सुरु भएको 'फोटो नेपाल' अन्तर्गत जुन महिनाका लागि श्रेष्ठको एकल प्रदर्शनी हुन लागेको हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस पटकको 'फोटोनेपाल'मा नेपाली जनजीवनको रंगिन पाटो देखाउने प्रयास गरिएको जनाए। फोटोनेपाल देश भित्र मात्र सीमित नरहेको र संसारभर रहेका अन्य फोटोग्राफरले नेपालमा खिचेका फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने फोटोमार्फत देशको पर्यटन प्रवर्ध्दन गर्ने साझा अभियान भएको उनले बताए।

प्रदर्शनी अन्तर्गत जेठ २१ गते वर्ल्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलिपिन्सका प्रशिक्षक जिम्मी डोमिङोसँग अन्तरक्रिया राखिएको छ। निःशुल्क अवलोकल गर्न सकिने प्रदर्शनी फोटो पत्रकार (पीजे)  क्लब र इमेज नेपाल पब्लिकेसनको सहकार्य हो।

को हुन् दीपेश श्रेष्ठ?

दिपेश श्रेष्ठ नेपाली फोटो पत्रकारिताका लागि एउटा परिचित नाम हो। एक दशकभन्दा लामो समयदेखि नेपाली मूलधारको मिडियामा रहेर फोटो पत्रकारिता गरिरहेका उनले सन् २०१२ को तेन्जिङ हिलारी एभरेस्ट म्यारथनको बेस्ट फोटोग्राफर अफ द एयरको अवार्ड जितेका थिए। फोटो पत्रकार क्बलले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०१६ मा उनले नेपाल स्माइल शीर्षकमा प्रथम पुरस्कार जितेका थिए। डब्लुडब्लुएफ र युएसआईडीले संयुक्त रुपमा सन् २०१२ मा 'अर्थ एन्ड यु' शीर्षकमा आयोजना गरेको प्रतियोगितामा उनी प्रथम भएका थिए। यी बाहेक विभिन्न समयमा राष्ट्रियस्तरमा भएका फोटो प्रतियोगिता, तालिम तथा प्रदर्शनीमा उनको संलग्नता रहँदै आएको छ। श्रेष्ठ हाल नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियासँग आवद्ध छन्।

प्रकाशित: १८ जेष्ठ २०७४ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App