८ वैशाख २०८१ शनिबार
कला

नेपालमा मनिषाको ‘डियर माया’ रिलिज नहुने

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले कमब्याक भनिएको बलिउड फिल्म ‘डियर माया’ शुक्रबार देखि रिलिज हुने भए पनि नेपालमा भने नहुने भएको छ । नेपाली फिल्म वितरकहरुको अन्यौलताको कारण शुक्रबारदेखि रिलिज हुने ‘डियर माया’ अन्ततः रिलिज नहुने भएको हाे ।

नेपाली फिल्म वितरकहरुबीच नेपालमा  ‘डियर माया’ ल्याउने वा नल्याउने अन्यौलता देखिएपछि क्युएफएक्सले आइतबारबाट फिल्म रिलिज गर्न सकिने बताए । ‘क्युएफएक्सले प्राय हलिउड फिल्म रिलिज गर्छ । नेपालमा बलिउड फिल्म वितरण गर्ने वितरकहरुले ‘डियर माया’ नल्याउने भएपनि क्युएफएक्सले ल्याउने भएको हो । फिल्म सेन्सर गर्नुपर्ने बाध्यताले आइतबारदेखिमात्र हलहरुमा ‘डियर माया’ रिलिज हुन सम्भव छ,’क्युएफएक्सका रोशन अधिमले भने।

शुक्रबारदेखि नेपालका फिल्म हलहरुमा ‘रातो घर’, ‘जालो’, ‘वन्डर ओमन’ र ‘बेवाच’ फिल्महरु रिलिज हुँदैछन् ।

 

प्रकाशित: १८ जेष्ठ २०७४ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App