८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले पनि च्यातेको थियो मतपत्र

बाग्लुङ— स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।

‘नाम याद भएन, तत्कालिन तथ्याङ्क कार्यालय बाग्लुङका हाकिम निर्वाचन अधिकृत हुनुहुन्थ्यो,’ उनले भने,‘मतगणना सकिएर नजिता सार्वजनिक भएको वडाहरुको पनि घोषणा नै नगरी निर्वाचन अधिकृत हिँडेपछि सबै वडामा फेरि मतदान भएको थियो।’

२०५४ सालको स्थानीय निर्वाचनमा यहाँको साबिक अमलाचौर गाविस (हालको बानपा—१२) मा मतगणना हुँदै गर्दा एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो। काँग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको उक्त निर्वाचनमा चुनाव हार्ने निश्चित भएपछि एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो।

शुरुमा अग्रता कायम गरेको एमाले अन्तिम समयमा हार्ने निश्चित देखिएपछि एमाले बुथ प्रतिनिधिले मतपत्र च्यातेको तत्कालीन समयमा राष्ट्रिय जनमोर्चाबाट गाविस अध्यक्ष उम्मेदवार बनेका डिल्लीप्रसाद शर्मा बताउँछन्। ‘म त अलि पछि नै थिएँ, एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो,’ शर्माले भने,‘अन्य सबै वडाको मतगणना सकिएपछि ७ नम्बर वडाको मतपत्र छुट्याएर चाँङ लगाउँदा एमालेले हार्ने देखिएपछि एमालेले मतपत्र च्यातेको थियो।’

तत्कालिन समयमा एमालेका तर्फबाट गाविस अध्यक्षका उम्मेदवार बनेका खेमप्रकाश पाठकका भाइ एवं हाल एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले त्यतिबेला मतपत्र च्यातेको काँग्रेसका अध्यक्ष उम्मेदवार कोपिलामणि शर्माले नागरिकन्युजलाई बताए।

‘६ नम्बर वडाको मत गनेर सकिँदा एमाले र मेरो मत लगभग बराबर जस्तै थियो, करिब २ सय ५० हाराहारीमा मत गन्न बाँकी थियो,’ उनले भने,‘अन्तिम वडा ७ नम्बरको मत गन्न शुरु गर्दा मैले जित्ने पक्का देखियो। एमालेले मतपत्र च्यातेपछि पुनः मतदान भयो।’ एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको हुँदा प्रहरीले मतपत्र च्यात्नेलाई समात्ने प्रयासम्म पनि गरेन,’ उनले थपे।

त्यतीखेर मतगणना सम्पन्न भएको वडाहरु पनि पुनः मतदान भएको थियो। ‘नाम याद भएन, तत्कालिन तथ्याङ्क कार्यालय बाग्लुङका हाकिम निर्वाचन अधिकृत हुनुहुन्थ्यो,’ उनले भने,‘मतगणना सकिएर नजिता सार्वजनिक भएको वडाहरुको पनि घोषणा नै नगरी निर्वाचन अधिकृत हिँडेपछि सबै वडामा फेरि मतदान भएको थियो।’

पहिलो पटक मतगणना बिथोलिएपछि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरी पुनः शुरु गरिएको थियो। जिल्लामा राष्ट्रिय जनमोर्चाको दबदबा भएको समयमा पुनः मतदान हुने भएपछि नेपाली काँग्रेसले एमालेसँग तालमेल गरेको थियो। ‘दुई नम्बर क्षेत्रमा राजमोको बिगबिगी भएकाले पार्टीले एमालेसँग तालमेल गर्ने निर्णय ग¥यो, मैले उम्मेदवारी दिइनँ, दोस्रो पटक निर्वाचन भएपछि एमालेले चुनाव जित्यो,’ उनले भने।

पुनः भएको मतदानबाट एमालेका खेमप्रकाश शर्माले राष्ट्रिय जनमोर्चाका डिल्लीप्रसाद शर्मालाई २ सय ५० बढी मत अन्तरले पराजित भएका थिए।

प्रकाशित: १८ जेष्ठ २०७४ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App